×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री परियोजनाको अनुदान ‘आसेपासे’लाई, पत्रकार महासंघ प्रत्यक्ष निर्वाचन प्रणालीमा

फागुन ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– ललितपुरस्थित नक्खुमा रहेको एनसेलको टावरमा बम विष्फोट भएको छ । नक्खु चोक नजीकको एनसेल टावरमा शुक्रबार बेलुकी करिब आठ बजे अज्ञात समूहले बम विष्फोट गराएको हो । बम विष्फोटमा तीनजना घाइते भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

Sagarmatha Cement
Muktinath Bank

घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको प्रवक्ता सुवेदीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै काठमाडौँको कमलपोखरीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । कमलपोखरीस्थित आँगन रेष्टुरेन्टमा कालो झोलामा प्रेसर कुकर बम राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले जानकारी दिइन् । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री परियोजनाको अनुदान ‘आसेपासे’लाई मात्र
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सञ्चालित अनुदान आसेपासेले मात्रै पाउने गरेको एक सरकारी प्रतिवेदनले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको उक्त प्रतिवेदनअनुसार सञ्चालक समितिक पदाधिकारीलगायत आसेपासे मात्रै लाभान्वित हुने गरेको हो ।

Vianet communication
Laxmi Bank

परियोजनाअन्तर्गत विभिन्न क्षेत्रमा निश्चित प्रतिशत अनुदाको व्यवस्था गरिएको छ । ‘हाल कृषि उत्पादन सामग्रीमा ५० प्रतिशत, प्राविधिक, सहयोगमा १०० प्रतिशत, प्रयोगशाला सेवाहरूमा ८५ प्रतिशत, कृषि औजार तथा उपकरणहरूमा ५० प्रतिशत, साना सिँचाइ पूर्वाधारहरूमा ८५ प्रतिशत, साना सिँचाइ पूर्वाधारहरूमा ८५ प्रतिशत उत्पादनउपरान्त तथका कृषि व्यवसाय पूर्वाधारमा ८५ प्रतिशत अनुदान व्यवस्था छ’, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना दस्तावेज सुधारसम्बन्धी अध्ययन प्रतिवेदनमा भनिएको छ । 

मन्त्रालयका सहसचिव तथा परियोजना प्रमुख लक्ष्मण पौडेलका अनुसार सञ्चालक समितिमा नौ जना पदाधिकारी हुन्छन् । कृषक समूह कृषि सहकारीमध्ये निर्वाचित प्रणालीबाट कार्यसमिति चयन हुन्छ । ती पदाधिकारीहरूले आसेपासेलाई मात्रै अनुदान दिएका हुन् । मन्त्रालय स्रोतका अनुसार कार्यक्रमको नाम सिधै प्रधानमन्त्री जोडिएकाले प्रगति न्यून भए पनि खारेज भएको छैन ।

‘समग्रमा विश्लेषण गर्दा प्रगति न्यून छ । किसानको हकहितमा काम भएको छैन,’ मन्त्रालयका ती अधिकारीले भने, ’यस सन्दर्भमा पटकपटक छलफल पनि हुन्छ तर सिधै प्रधानमन्त्रीसँग जोडिएकाले खारेज गर्ने कुरा उठाउन कसैले सकेका छैनन्।’, कान्तिपुरमा खबर छ ।

पत्रकार महासंघ प्रत्यक्ष निर्वाचन प्रणालीमा
नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशन महासङ्घको नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने व्यवस्था गर्दै सम्पन्न भएको छ । पोखरामा सम्पन्न साधारणसभाले केन्द्र, प्रदेश र जिल्ला शाखाको नेतृत्व प्रत्यक्ष निर्वाचित गर्ने गरी सर्वसम्मत विधान संशोधन गरेको हो । 

पोखरा सभागृहमा भएको बन्दसत्रले गरेको प्रस्तावमा नेपाल प्रेस सङ्गठन, प्रेस युनियन, मिडिया नेपाल, जन पत्रकार सङ्गठन, मिडिया नेपाल, आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), सञ्चारिका समूहलगायत पत्रकारसँग सम्बन्धित सम्पूर्ण सङ्गठनले समेत सहमति जनाएकाले सर्वसम्मतको वातावरण बनेको हो । 

महासङ्घ प्रत्यक्ष निर्वाचन प्रणालीमा गएसँगै आगामी दिनमा केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन अब एकैदिन हुनेभएको छ । महासङ्घमा एक महिला उपाध्यक्ष र एक महिला सदस्य थप्ने निर्णय पनि गरिएको छ । एक महिला उपाध्यक्ष र एक महिला सदस्य थपिएसँगै पत्रकार महासङ्घ ४७ सदस्यीयबाट ४९ सदस्यीय हुने भएको छ भने महिला उपाध्यक्ष थपिएसँगै १२ सदस्यीय पदाधिकारी रहने छन् ।
    
पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्नेसहितको १७ बुँदे पोखरा घोषणापत्रमा नेपालको संविधानमा उल्लेख भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति र नेपाल पक्ष राष्ट्र रहेको अन्तर्राष्ट्रिय व्यवस्थाअनुसार कानून निर्माण गर्न तीनै तहका सरकारसँग माग गर्दै प्रेस स्वतन्त्रता सङ्कुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानून, नियमावली र निर्देशिका जारी नगर्न माग गरिएको छ ।

बहसमा सामाजिक सञ्जाल
प्रतिनिधि सभाको शुक्रबारको बैठकले ‘सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियास्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गरेका थिए ।

बैठकमा विधेयकमाथि भएके सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तापक्षका सांसदहरुले विधेयकको बचाउ गरे भने विपक्षी कांग्रेसका सांसदहरुले संविधान विपरित आएको विधेयक संशोधनको आवश्यकता औंल्याए । बैठकमा सांसदहरु नवराज सिलवाल, पुष्पा भुषाल, गगन थापा, डिला सङ्ग्रौला, महेश बस्नेत, योगेश भट्टराई, खगराज अधिकारी, विमला विक, रेणुका गुरुङ र सूर्य पाठकलगायतले छलफलमा भाग लिए । 

छलफलमा उठेका प्रश्नको जवाफ दिनुहँुदै मन्त्री बाँस्कोटाले विधेयकमा कही कतै साइबर संसारलाई प्रतिबन्ध गर्ने शब्द उल्लेख नभएको सदनलाई जानकारी दिए । विधेयकलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच आरोप प्रत्यारोप नै चल्यो । प्रतिपक्षका सांसदहरुले सरकारले नागरिको स्वतन्त्रतामाथि अंकुश लगाउन विधेयक ल्याएको आरोप लगाईरहँदा सत्तापक्षका सांसदहरुले अपराध नियन्त्रण र हिंसा न्यूनिकरणका लागि विधयेक आवश्यक रहेको बताए ।

लिफ्ट चुडिँदा दुईको मृत्यु
वीर अस्पतालको निर्माणाधीन भवनमा प्रयोग गरिएको अस्थायी ‘लिफ्ट’ चुडिँदा भवन निर्माणमा खटिएका दुई मजदूरको मृत्यु भएको छ । उक्त भवनको चौथो तलामा निर्माण सामग्री लिएर जाँदै गरेका अर्का एक मजदूर घाइते भएका छन् । 

निर्माण सामग्री ‘अनलोड’ गर्ने क्रममा लिफ्टको तार चुँडिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सप्तरीको सुरुङ नगरपालिका–४ का २० वर्षीय भूमिकुमार चौधरी र सप्तरीकै मदनपुरका २५ वर्षीय नवीन चौधरी रहेका छन् । त्यस्तै मदनपुरकै २० वर्षीय सचितानन्द चौधरी गम्भीर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

घुस लिएको आरोपमा पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाको टोलीले नगद घुस लिएको आरोपमा भीमफेदी कारागारका जेलरलाई पक्राउ गरेको छ । क्षेत्रीय कारागार भीमफेदीका जेलर मदन अधिकारी रु ७५ हजार घुस रकमसहित पक्राउ परेको अख्तियार हेटौँडाका उपसचिव देवकुमार राईले जानकारी दिए ।

राईका अनुसार जेलर अधिकारीले कैदीका चौकीदार डेनियल लामासँग रकम माग गरेको र रकम नदिए अन्यत्र जेलमा सरुवा गरिदिने धम्की दिएकाले चौकीदार लामा रकम दिएर सरुवा रोक्न तयार भएका थिए । चौकीदारका आफन्तले अख्तियारलाई खबर गरेपछि अख्तियारको क्षेत्रीय कार्यालय हेटौँडाबाट प्रहरी नायब उपरीक्षक केशव भट्टराईसहितको टोली कारागार पुगेको थियो । 

कार्यदल विघटन
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले कार्यदल विघटन गरेको छ । पार्टी एकताको बाँकी काम पूरा गर्न दिइएको जिम्मेवारी पूरा गर्न नसकेपछि कार्यदल बिघटन गरिएको  हो । सचिवालयको शुक्रकनर बिहान बालुवाटारमा बसेको बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कार्यदलको समय पटकपटक थप गर्दा पनि पार्टी एकताको खाका ल्याउन नसकेको भन्दै नेतृत्व असन्तुष्ट बन्दै आएको थियो । एकताको बाँकी काम सचिवालयले गर्ने र त्यसलाई स्थायी समितिबाट अनुमोदन गराउने निर्णय भएको छ ।

तीन विधेयक प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनबाट पारित विभिन्न तीन विधेयक प्रमाणीकरण गर्नु भएको छ । कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नु भएको हो । संविधानको धारा  १ सय १३ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले आज ती विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

डीपीएलः काठमाडौंँद्वारा खेल वहिष्कार
काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर्स खेल बहिष्कार गरेको छ । भारतीय खेलाडी अङ्कित दबासलाई बलिङमा प्रतिबन्ध लगाएको भन्दै काठमाडौंले महेन्द्रनगर युनाईटेड विरुद्धको क्वालिफायर्स खेल बहिष्कार गरेको हो ।

काठमाडौंले धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रबार महेन्द्रनगर युनाईटेडसंँग प्रतिस्पर्धा गर्ने तालिका थियो । बलिङ शंकास्पद रहेको दावी सहित बिहीवार दबासलाई प्रतिबन्ध लगाएको थियो । काठमाडौं गोल्डेन्सल खेलेको दुई फरक खेलमा दबासको बलिङ एक्सन अनाधिकृत रहेको प्राविधिक टोलीको दाबी छ ।

काठमाडौंले जितेका तीन खेलमा दबास अलराउन्ड प्रदर्शन गर्दै ‘म्यान अफ दि म्याच’ चुनिएका थिए । निर्धारित खेलको समयमा काठमाडौँ मैदानमा नगएपछि महेन्द्रनगर युनाईटेड सिधैं फाईनलमा पुगेको छ । महेन्द्रनगरले शनिवार हुने फाइनलमा सिवाईसी अत्तरियाको सामना गर्नेछ ।

घलेलाई मानार्थ अध्यक्षबाट तत्काल नहटाउन आदेश
टासी घलेलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मानार्थ अध्यक्षबाट तत्काल नहटाउन पाटन उच्च अदालतले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नाममा आदेश जारी छ । गत महिना एन्फाले घलेलाई मानार्थ अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । लगत्तै घलेले उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

दायर मुद्दामा प्रारम्भिक सुनुवाइपछि उनलाई पदबाट तत्काल नहटाउन अन्तरिम आदेश दिएको अदालतका रजिष्टार बाबुराम दाहालले बताए । गत माघ ३ गते एन्फाको कार्य समिति बैठकले घलेलाई मनोनित गरेको मानार्थ पद खारेज गर्ने निर्णय गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x