×

NMB BANK
NIC ASIA

बाँके अझै पनि हात्तीपाइले रोगको उच्च जोखिममा

फागुन १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बाँके- हात्तीपाइले रोग निवारणका लागि बाँकेमा नवौँ चरणमा हात्तीपाइलेविरुद्वको आमऔषधि सेवन अभियानको तयारी थालिएको छ । यही १५ गतेदेखि नवौँ चरणको अभियानअन्तर्गत हात्तीपाइलेविरुद्व औषधि खुवाइने भएको छ । 

अभियान सञ्चालनको तयारी गरिरहँदा बाँकेमा अझै १३ प्रतिशत हात्तीपाइले रोगका बिरामी रहेका छन् । यो अवस्थालाई हेर्दा बाँके जिल्ला अझै पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको छ । हात्तीपाइले रोग निवारणका लागि वर्षेनी ठूलो रकम खर्च हुने गर्छ । 

विसं २०६७ देखि शुरु गरिएको अभियानको पहिलो वर्ष ९१ प्रतिशतले हात्तीपाइलेको औषधि सेवन गरेकामा पछिल्ला वर्षहरुमा यो सङ्ख्या घटेको जनस्वास्थ्यको तथ्याङ्क छ । जनस्वास्थ्य कार्यालयले यस वर्ष शतप्रतिशतलाई औषधि खुवाउने तयारी गरेको छ । 

अभियान शुरु गर्दा ‘सावधानी’ अपनाउन नसकेकाले बाँकेवासीले हात्तीपाइलेको औषधि नै खान मान्दैनन् । अभियानको शुरुआतमा महिला स्वयंसेविकाले घरपरिवार सङ्ख्या गनेर दिएको औषधि जथाभावी खाँदा धेरै जना बिरामी परेकाले औषधिले उल्टो असर गरेको बुझेर औषधि खानेको सङ्ख्या कम हुँदै गएको हो । 

देशभरका ६१ जिल्लामा थालिएको अभियानमा अझै १५ जिल्लामा जारी नै रहेको छ । प्रदेश नं ५ को बाँके र दाङमा नवौँ, बर्दियामा आठौँ र कपिलवस्तुमा ११ औँ चरणको अभियान शुरु हुँदैछ । अभियान शुरु भएको छ वर्षपछि २०७२ मा सर्वे गर्दा हात्तीपाइलेका रोगी १६ प्रतिशतमा झरेको थियो । त्यसपछि २०७४ कात्तिकमा सर्वे गर्दा हात्तीपाइलेको रोगी १३ प्रतिशत देखियो । 

नेपालगञ्जमा ३०० को नमूना जाँच गर्दा २५ मा हात्तीपाइले भेटिएको थियो । बैजापुरमा ३१६ को नमूना जाँच्दा १७ मा हात्तीपाइले भेटिएको थियो । हात्तीपाइलेका जीवाणु प्रवेश गरेपछि मानिसमा अण्डकोष सुन्निने, हात, स्तन, गुप्ताङ्ग सुन्निने हात्तीको जस्ता पाइला हुन्छन् ।

Muktinath Bank

लामखुट्टे हुने स्थानमा हात्तीपाइले रोगको संक्रमण हुने भन्दै स्वास्थ्य अधिकृत सरोज शाहले भन्नुभयो, “हात्तीपाइले रोगविरुद्धको औषधि सेवनले कसैको पनि मृत्यु नहुने विषयमा व्यापक प्रचार गर्नु आवश्यक छ ।” मानिसलाई नडराइ औषधि सेवन गर्न जनस्वास्थ्यले आग्रह गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले सन् २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिए पनि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्नेको सङ्ख्या कम हुँदै गएको छ । जनस्वास्थ्य कार्यालयले दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिनसम्मकी सुत्केरी, दीर्घरोगी, ७० वर्षभन्दा बढी उमेरका र २४ घण्टाभित्र ज्वरो आएका, कडा कुपोषण भएका पाँच वर्षमुनिका बालबालिकालाई औषधि सेवन नगर्न अनुरोध गरेको छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x