×

NMB BANK
NIC ASIA

मनमा नोबेल शान्ति पुरस्कारको सपना साँचेर किमलाई भेट्दैछन् ट्रम्प

फागुन १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भियतनामको राजधानी हनोईमा यही बुधवार र बिहीवार किम जोङ–उनसँग दोस्रो शिखरवार्ता गर्ने भएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

हनोई पुग्नका लागि किम ट्रेन चढेर आजै त्यतातर्फ प्रस्थान गरिसकेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिंगापुरमा सन् २०१८ को जुन महिनामा भएको पहिलो शिखरवार्तापछि सुस्त रहेको शान्ति प्रक्रियालाई पुनर्ताजगी गर्नका लागि दोस्रो शिखरवार्ता हुन लागेको हो । 


Advertisment
Nabil box
Kumari

वार्ताका क्रममा ट्रम्पको दिमागमा एउटा कुरा रहने पक्का छ : त्यो हो नोबेल शान्ति पुरस्कार । 

Vianet communication
Laxmi Bank

फेब्रुअरी १५ मा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले आफूलाई नोबेल शान्ति पुरस्कार भन्ने जिनिसका लागि जापानी प्रधानमन्त्री शिन्जो आबेले नामांकित गरेको भनी घमण्ड गरे । ट्रम्पले भने, ‘आबेको जापानमाथि क्षेप्यास्त्रहरू उडिरहन्थे ... अहिले चाहिँ उनीहरू राम्रो अनुभव गरिरहेका छन्, सुरक्षित अनुभव गरिरहेका छन् । मैलै त्यो स्थिति ल्याएको हुँ ।’

उनको यो टिप्पणी आएलगत्तै जापानको एक प्रमुख समाचारपत्र आसाही शिम्बुनले ह्वाइट हाउसबाटै ट्रम्पलाई पुरस्कारका लागि नामांकित गर्न अनुरोध आएको समाचार छाप्यो । 

सन् २०१८ को अप्रिल महिनामा आयोजित एक भेलामा ट्रम्पका समर्थकहरूले नोबेल नोबेल नोबेल भनी नारा लगाउँदा उनी मञ्चमा गमक्क परेका थिए । चौडा मुस्कानका साथ उनले भने, ‘गजब, गजब । धन्यवाद । गजब ।’ 

त्यसै महिना दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले ट्रम्प यो पुरस्कारका लागि हकदार भएको बताए । ट्रम्पले मूनको उक्त बयानमा प्रतिक्रिया दिँदै फेरि पनि ‘गजब’ भने । मूनले ट्रम्पको अहंकारलाई तुष्टि गराएको विश्लेषकहरूले बताए । 

फेब्रुअरी १५ मा ट्रम्पले आफ्ना पूर्ववर्ती बाराक ओबामाका विषयमा भने, ‘उनी उत्तर कोरियासँग युद्ध गर्थे होलान् ... अनि अहिले हामी कहाँ छौं ? कुनै क्षेप्यास्त्र छैन, कुनै रकेट छैन, कुनै आणविक परीक्षण छैन ।’ यो ट्रम्पकै कारण त भएको हो । 

अनि उनले सन् २००९ मा ओबामा नोबेल शान्ति पुरस्कारको हकदार नभइकनै पाएको बताए र आफूले निकै उपलब्धि हासिल गरेको भए पनि सम्भवतः कहिल्यै नपाउने भनी बिलौना गरे ।

ट्रम्प शान्ति पुरस्कार पाउन चाहन्छन् र शिखरवार्तामा त्यो आशाले काम गर्ने सम्भावना छ । शिखरवार्तामा ट्रम्पले नोबेलमैत्री हाउभाउ र वक्तव्य दिने तर उत्तर कोरियामा मानवअधिकार वा लोकतान्त्रिक सुधारमा जोड नदिने अपेक्षा गर्न सकिन्छ । आणविक निःशस्त्रीकरणको कुरा गर्दा उनले अघिल्लो हप्ता पत्रकारहरूलाई बताए, ‘आणविक परीक्षण नहुन्जेल मलाई निःशस्त्रीकरणको कुनै हतारो छैन ।’

त्यसो भन्नु उनका लागि सजिलो कुरा पनि हो किनकि परीक्षण नगरेपनि उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता नदिनका लागि खासै संकेत दिएको छैन र धेरैजनाले उत्तर पूर्ण निःशस्त्रीकरण गर्न कहिल्यै सहमत नहुने विश्वास गरेका छन् । यस अवधिमा यो संसारकै सबभन्दा दमनकारी राज्यमध्ये एकका रूपमा रहेको छ ।

यसका बावजूद उत्तर कोरियाको विषयमा एक किसिमको प्रगतिका लागि ट्रम्पले जस्तो भए पनि प्रयास गरेको भनी इतिहासले मूल्यांकन गर्न सक्छ । शिखरवार्तामा जेसुकै भए पनि उनले आफू विजयी भएको घोषणा गर्ने सम्भावना छ । जे भए पनि नोबेल शान्ति पुरस्कारमा उनको आँखा गाडिएको छ ।

क्वार्जमा प्रकाशित स्टिभ मोलम्यानको विश्लेषण
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x