×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा तीन सय नयाँ कुष्ठरोगी, ढिलो गरी उपचार गराउँदा निवारणमा समस्या

फागुन १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी-  कुष्ठरोग निवारण भइसकेको मानिएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा कुष्ठरोगीको सङ्ख्या बढ्न थालेको छ । रोगीको सङ्ख्या बढ्दै जाँदा कुष्ठरोग निवारणमा चुनौती देखिन थालेको स्वास्थ्यकर्मीले बताएका छन् ।

Muktinath Bank

विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसारप्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा कम कुष्ठरोगी फेला परेको अवस्थामा यो रोग निवारण भएको मानिन्छ । तर सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र अछाम जिल्लामा यो मापदण्डभन्दा बढी सङ्ख्याका बिरामी फेला परेका छन् । यी तीन जिल्लामा गएको वर्ष गरिएको खोजपड्तालका क्रममा लुकेर रहेका कुष्ठरोगी फेला परेका हुन् । 

नौ लाख एक हजार १७७ जनसङ्ख्या रहेको कैलालीमा १७४ जना, पाँच लाख आठ हजार १५० जनसङ्ख्या रहेको कञ्चनपुरमा ७४ जना र दुई लाख ७९ हजार ७५२ जनसङ्ख्या रहेको अछाममा २८ जना नयाँ रोगी खोजपड्तालका क्रममा फेला परेको स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । 

प्रदेशका सबै नौ जिल्लामा भने गएको वर्ष जम्मा २९८ जना नयाँ कुष्ठरोगी फेला परेकामा यीमध्ये कम सर्नेभन्दा बढी सर्ने कुष्ठरोगी १०३ जना रहेको जनाइएको छ । आव ०७२/७३ मा कैलालीमा, आव ०७३/७४ मा कञ्चनपुर र अछाम जिल्लामा प्रतिदश हजारमा एकभन्दा कम कुष्ठरोगी फेला परेपछि यी जिल्लामा रोग निवारण भएको मानिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर आव २०७४/७५ मा भने प्रति १० हजार जनसङ्ख्यामा कैलालीमा एक दशमलब ७८, कञ्चनपुरमा एक दशमलब ४४ र अछाममा एक दशमलब १८, रोगी फेला पर्दा समग्र सुदूरपश्चिम प्रदेशको कूल जनसङ्ख्या २८ लाख २५ हजार ६७६ को एक दशमलब शून्य पाँच प्रतिशत कुष्ठरोगी भेटिएको तथ्याङ्कमा उल्लेख छ । 

“खोजपड्ताल गरेपछि मात्र रोगी फेला पर्न थालेका छन्”, स्वास्थ्य सेवा निर्देशनालयका क्षय कुष्ठ सहायक मनोज ओझाले भन्नुभयो, “रोगको लक्षण देखापरेपछि आफैँ उपचारका लागि आउनुपर्नेमा नआउने वा आए पनि निकै ढिलो गरी आउने समस्याले रोग निवारणमा चुनौती बढेको छ ।”


Advertisment
Nabil box
Kumari

विसं २०६६ मा नेपाललाई कुष्ठरोग निवारण भएको देश घोषणा गरिएको थियो । निवारणको घोषणापछि हालसम्म पनि राष्ट्रियस्तरमा निवारणको अवस्था कायम रहेको छ । यद्यपि नेपाल कुष्ठरोग निवारण देश घोषणा हुँदै गर्दाको समयमा देशका १२ जिल्लामा यो रोग निवारण भएको अवस्था भने थिएन । 

Vianet communication
Laxmi Bank

चालू वर्षमा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका सबै १३ स्थानीय तह र कञ्चनपुर चार तथा अछामका चार स्थानीय तहमा रोगको खोजपड्ताल अभियान सञ्चालन गर्न लागिएको छ । यसबाहेक विभिन्न ठाउँमा स्वास्थ्य शिविर गर्ने योजना पनि रहेको क्षय कुष्ठ सहायक ओझाले बताउनुभयो । यो रोगको नियमितरुपमा उपचार गराएमा निको हुन्छ । तर उपचार नगरी लुकाएमा मानिस अपाङ्गता हुने गर्दछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x