माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
इरानी क्रान्तिको ४०औं वर्षगाँठले पश्चिमी शक्तिहरूलाई आत्ममन्थनको सुनौलो अवसर दिएको बताइएको छ ।
इस्लामी गणतन्त्र इरानसँग पश्चिमले चार दशकसम्म असहमति जनाएको भए पनि न त इरानले घुँडा टेक्यो, न त यस इलाकामा शान्ति नै स्थापना भयो । अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति भएपछि अमेरिका र इरानबीचको शत्रुता झनै बढेको छ ।
सन् १९७१ मा युगोस्लाभियाका तत्कालीन राष्ट्रपति जोसेप टिटो, मोनाकोका राजकुमार रेनिअर र राजकुमारी ग्रेस, अमेरिकाका उपराष्ट्रपति सिप्रो एग्नेऊ र सोभियत संघका नेता निकोलाई पोगर्नी इरानी शहर पर्सिपोलिसमा भेला भएका थिए ।
उनीहरू सबै एक शानदार पार्टीमा भाग लिइरहेका थिए । पार्टीको आयोजना इरानी शाह रजा पहलवीले गरेका थिए । तर यसको आठ वर्षभन्दा कम समयमा इरानका नयाँ नेता आयातोल्लाह रुहोल्लाह खमेनी सत्तामा आए र उनले उक्त पार्टीलाई शैतानी संज्ञा दिए ।
सन् १९७९ मा इरानमा इस्लामिक क्रान्तिअघि खोमेनी टर्की, इराक र पेरिसमा निर्वासित जीवन बिताइरहेका थिए । शाह पहलवीको नेतृत्वमा इरानको पश्चिमीकरण भइरहेको तथा अमेरिकामाथि निर्भरता बढिरहेको भन्दै खोमेनीले आलोचना गरिरहन्थे ।
सन् १९५३ मा अमेरिका र बेलायतले इरानमा लोकतान्त्रिक प्रक्रियाबाट छानिएका प्रधानमन्त्री मोहम्मद मोसादेगलाई अपदस्थ गरेर पहलवीलाई सत्ता सुम्पिएका थिए । मोसादेगले इरानको तेल उद्योगलाई राष्ट्रियकरण गरेका थिए र उनी शाहको शक्ति घटाउन चाहन्थे ।
विदेशी नेतालाई शान्तिकालमा अपदस्थ गर्ने कामको पहिलो शुरूआत अमेरिकाले इरानबाटै गरेको हो । पछि गएर अमेरिकाको परराष्ट्रनीतिको यो एक अंग नै बन्यो ।
सन् १९५३ मा इरानमा अमेरिकाले गराएको कूको परिणामस्वरूप सन् १९७९ को क्रान्ति भयो । त्यसपछिको ४० वर्षमा इरान र पश्चिमबीचको कटुता अन्त्य भएन ।
इरानमा क्रान्तिपछि आएको रूढिवादिताका विषयमा प्रोजेक्ट सिन्डिकेटले आफ्नो एक रिपोर्टमा जर्मन दार्शनिक हाना एरेन्टको एक टिप्पणीको उल्लेख छ । एरेन्टको भनाइ थियो, ‘अधिकांश उग्रक्रान्तिकारीहरू क्रान्तिपछि रूढिवादी बन्छन् ।’
खोमेनीको विषयमा पनि यही कुरा सही ठहर्छ । सत्तामा आएपछि खोमेनीको उदारतामा परिवर्तन आयो । उनले आफूलाई वामपन्थी आन्दोलनबाट अलग्याए ।
उनले विरोधी आवाज दबाउन शुरू गरे र इस्लामिक गणतन्त्र र इरानको लोकतान्त्रिक आवाजबाट दूरी कायम गर्न थाले ।
क्रान्ति सफल भएपछि इरान र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध अन्त्य भयो । तेहरानमा इरानी विद्यार्थीहरूको एक समूहले अमेरिकी दूतावास कब्जामा लिए र ५२ अमेरिकी नागरिकलाई ४४४ दिनसम्म बन्धक बनाए ।
यसमा खोमेनीको मौन समर्थन रहेको बताइएको छ । अमेरिकामा रहेका शाहलाई पठाउन उनीहरूले अमेरिकी राष्ट्रपति जिम्मी कार्टरसँग माग गरे । शाह न्युयोर्कमा क्यान्सरका उपचार गराउन गएका थिए ।
रोनल्ड रेगन अमेरिकाका राष्ट्रपति नबनुन्जेल बन्धकहरूलाई मुक्त गरिएन ।
यसबीच सद्दाम हुसेनले सन् १९८० मा इरानमाथि आक्रमण गरे । इरान र इराकबीच आठ वर्षसम्म हिंस्रक युद्ध मच्चियो । यस युद्धमा अमेरिकाले सद्दामलाई साथ दियो । सोभियत संघले पनि सद्दामलाई सहायता दियो ।
यो युद्ध एक सम्झौताका साथ अन्त्य भयो । युद्धमा कम्तीमा पाँच लाख इरानी र इराकी मारिएका थिए । इराकले इरानमा रासायनिक हतियार प्रयोग ग–यो । यसको असर इरानमा लामो समयसम्म देखियो ।
यही समयदेखि इरानले आणविक बमको सम्भावनामा विचार गर्न थाल्यो । अमेरिकाका तत्कालीन राष्ट्रपति आइजनहावरको समयमा इरानमा शाहको शासन चलिरहँदा इरानले परमाणु ऊर्जा संयन्त्र बनाउने कोशिश गरेको थियो ।
इरानले परमाणु कार्यक्रममा काम गर्न शुरू गरेपछि सन् २००२ मा लुकाएर राख्यो । अमेरिकाको कूटनीतिक समीकरण बदलिएपछि त्यसमा नाटकीय परिवर्तन आयो ।
अमेरिकाले सद्दाम हुसेनको समर्थन गर्न बन्द ग–यो र इराकमाथि आक्रमणको तयारी ग–यो । अमेरिकाको यो विनाशकारी निर्णयले इरानलाई महत्त्वपूर्ण रणनीतिक फाइदा पुग्यो ।
तर अमेरिकाका राष्ट्रपति जर्ज डब्ल्यु बुशले एक्सिस अफ एभिल भनेर इरानलाई पनि आलोचना गरे ।
पछि गएर युरोपले इरानसँग आणविक कार्यक्रममाथि कुराकानी गर्न थाल्यो । हाभिएर सोलाना त्यतिखेर युरोपेली संघको प्रतिनिधिका रूपमा इरानसँग कुराकानी गरिरहेका छन् ।
सन् २०१३ मा हसन रूहानी फेरि निर्वाचित हुँदा विश्व समुदायले आणविक कार्यक्रमका विषयमा कुरा शुरू ग–यो ।
दशकौंको शत्रुतापछि ओबामा प्रशासनले सन् २०१५ मा जोइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन बनायो । यसलाई ठूलो राजनीतिक सफलताका रूपमा हेरियो ।
ओबामाको कार्यकाल सकिएपछि ट्रम्प राष्ट्रपति बने र उनले एकतर्फी रूपमा यो सम्झौतालाई रद्द गरिदिए । ट्रम्प प्रशासनले इरानमा नयाँ प्रतिबन्ध लगायो ।
इरानसँग व्यापार गर्ने देशले अमेरिकासँग व्यापारिक सम्बन्ध राख्न नसक्ने भनी ट्रम्पले धम्की दिए ।
यसको परिणामस्वरूप इरानको विषयमा अमेरिका र युरोपबीचको मतभेद खुलेर सार्वजनिक भयो । युरोपेली संघले इरानसँग भएको आणविक सम्झौतालाई बचाउने कोशिश गरेको भए पनि ट्रम्पले टेरेनन् । इरान फेरि एकपटक संकटमा परेको छ ।
विगत ४० वर्षमा इरानले अनेकौं संकट झेलेको छ तर यसपटकको संकट कम दुःखदायी छैन । धेरै विशेषज्ञहरू ट्रम्पले शत्रुतापूर्ण नीति अपनाएर यस क्षेत्रमा शान्ति स्थापना गर्न सक्दैनन् र उनले इरानसँग कुराकानी गर्नुपर्ने मान्यता राख्छन् ।
बीबीसी हिन्दीबाट
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...