×

NMB BANK
NIC ASIA

हत्याका अभियुक्तबाट खुल्यो पोल, २३ लाख घूस प्रकरणमा तानिए प्रहरी निरीक्षक

फागुन १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – कर्तव्य ज्यान मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग २३ लाख घूस लिएको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) दिनेश भण्डारी महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा तानिएका छन् ।

Muktinath Bank

हत्या अभियोगमा नियन्त्रणमा लिएर अनुसन्धानका क्रममा रहेका अभियुक्तहरूले इन्स्पेक्टर भण्डारीले घूस लिएको बयान दिएपछि उनलाई अनुसन्धानका लागि मेट्रोमा तानिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी स्रोतका अनुसार भण्डारीले मुद्दा शाखामा आफ्नो मान्छे रहेको र मुद्दा मिलाइदिने भन्दै २३ लाख घूस लिएका थिए । तर उनले मुद्दा मिलाउन सकेनन्, प्रहरी अनुसन्धान अघि बढ्यो र अभियुक्तहरू समातिए । त्यसपछि इन्सपेक्टर भण्डारीले घूस लिएको पोल खुलेको हो ।


Advertisment
Nabil box
Kumari

प्रहरीका अनुसार उनले मध्यस्तकर्ता कमला भण्डारीमार्फत् १० लाख रुपैयाँको चेक र १३ लाख नगद पटक–पटक गरी लिएका थिए ।

Vianet communication
Laxmi Bank

इन्सपेक्टर भण्डारीलाई अनुसन्धानका लागि मेट्रोमा तानिएको महानगरीय प्रहरी प्रवक्ता वरिष्ट प्रहरी उपरीक्षक (एसएसपी) पूजा सिंहले जानकारी दिइन् ।

‘उहाँ बिदामा हुनुहुँदो रहेछ । घूसको उजुरी परेपछि हामीले अनुसन्धानका लागि मेट्रोमा बोलाएका छौं,’ एसएसपी सिंहले लोकान्तरसँग भनिन् ।

उक्त घूस प्रकरण गुपचुप राखेको अभियोगमा महाराजगञ्ज वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) फणिन्द्र प्रसाईं पनि तानिन सक्ने सम्भावना रहेको प्रहरी स्रोतले बतायो ।

के थियो केस ?

गत पुस १ गते टोखामा २३ वर्षीय अजिता मल्ल शाहीको हत्या भयो । कोठा खोज्ने बहानामा आएका व्यक्तिहरूले घाँटी थिचेर उनको हत्या गरेका थिए ।

सोही दिन घटनास्थलमा पुगेको प्रहरीले तत्काल अनुसन्धान अघि बढायो । प्रारम्भिक अनुसन्धानका क्रममा खुल्यो, हत्यामा उनकै सौता विष्णुमाया मल्ल संलग्न थिइन् ।

२४ वर्षीय विष्णुमायाले आफूमाथि सौता बन्न आएको रिसमा पति राजधानीबाहिर रहेको मौका छोपी भाइबहिनीको सहयोगमा अजिताको हत्या गरेको पाइयो ।

प्रहरीले विष्णुमायासहित गण्डिपराज मल्ल, भगवती मल्ल र रिता केसीलाई नियन्त्रणमा लियो । उनीहरूले अपराध स्वीकार पनि गरे ।

बयानकै क्रममा धूस प्रकरणको पर्दा समेत खुलेको हो ।

हत्या अभियोगमा पक्राउ परेका चारैजना पुर्पक्षका लागि थुनामा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x