×

NMB BANK
NIC ASIA

बुटवल- बुटवलमा निर्माणाधिन पशु वधशालालाई स्थानीय र प्रदेश सरकारको सहकार्यमा गुरुयोजना बनाएर अगाडि बढाइने भएको छ । बुटवल उपमहानगरपालिका–१०, रामनगरमा बनिरहेको वधशालाको तत्कालै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिने भएको छ ।

Muktinath Bank

गुरुयोजनाका बारेमा छलफल गर्न सोमवार सर्वपक्षीय समितिको बैठक बसेको थियो । बैठकले क्रमागत रुपमा बहुवर्षीय परियोजना सञ्चालनका लागि प्रदेश सरकारलाई अनुरोध गर्नेसमेत निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वधशालाका लागि चालू आर्थिक वर्षमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक करोड ९७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ भने बुटवल उपमहानगरपालिकाले ८० लाख रुपैयाँ विनियोजन गरेको थियो । यही बजेटबाट पूर्वाधार निर्माणको काम सञ्चालनका लागि डीपीआर तथा गुरुयोजना बनाउन लागिएको वधशाला निर्माण समितिका सहसंयोजक कृष्णप्रसाद पौडेलले जानकारी दिए  ।


Advertisment
Nabil box
Kumari

एउटा टहरा निर्माण भएर त्यत्तिकै अलपत्र अवस्थामा रहेको वधशालालाई बुटवल उपमहानगरपालिकाको प्रस्तावमा सार्वजनिक–निजी–उत्पादकको साझेदारी मोडलबाट सञ्चालन गर्न लागिएको छ । यो कामका लागि हेफर इन्टरनेशनलले सहकार्य गरिरहेको छ ।

Vianet communication
Laxmi Bank

सोमवारको बैठकमा बोल्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले दीर्घकालिन योजनाका आधारमा काम अगाडि बढाउन प्रदेश सरकार तयार रहेको भन्दै विस्तृत परियोजना प्रतिवेदन पछि बजेटका बारेमा थप छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले किसान, सहकारी र निजी क्षेत्रले देखाएको सहकार्यको तत्परताले आफुहरुलाई खुशी लागेको भन्दै सबैको सहकार्यमा नै दिगो र टिकाउ काम गर्न सकिने विश्वास व्यक्त गरे  ।

वधशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्न चाहिने आर्थिक स्रोत स्थानीय, प्रदेश, संघीय सरकारका अतिरिक्त निजी र सहकारी क्षेत्रबाट जुटाइने समितिका सदस्य तथा हेफर इन्टरनेशनलका कार्यक्रम निर्देशक डा.तीर्थराज रेग्मीले बताए ।

सोमवारको बैठकमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पशुपंछी महाशाखा प्रमुख डा.प्रदिप शर्मा, पायोनियर ल एशोसिएशनका इन्जििनियर नारायण चौलागाइँ, बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख देवनारायण सापकोटा, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल, वरिष्ठ अधिकृत विष्णुप्रसाद खनाल, योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठ तथा उपभोक्ता हीत संरक्षण मञ्चका अध्यक्ष नर्बू लामा, झविन्द्र बञ्जाडे, हेफरका कार्यक्रम निर्देशक अनन्त सिलवाल लगायतले आधुनिक वधशाला निर्माणका लागि सहकार्यको अवधारणा राम्रो रहेको बताए ।

आधुनिक वधशाला निर्माणका लागि जग्गा बाहेक कम्तिमा १५ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । यसमा भवन, आधुनिक उपकरणहरु, फोहरको व्यवस्थापन, वध गरिने पशुहरुको स्वास्थ्य जाँच गर्ने स्थल, चिकित्सकको नियमित निगरानी लगायतका कामहरु पर्दछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x