×

NMB BANK
NIC ASIA

पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको निधनले सोलुखुम्बु स्तब्ध

फागुन १६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सोलुखुम्बु–बुधबार ताप्लेजुङमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनामा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको समेत निधन भएको छ । 

Muktinath Bank

सोलुखुम्बुको मात्र नभई देशकै खम्बाको रुपमा रहेका पर्यटन व्यवसायी शेर्पाको निधनले सोलुखुम्बु स्तब्ध बनेको छ । सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका–१ मा जन्मिनु भएका शेर्पा पर्यटन क्षेत्रको एक सफल व्यवसायी हुनुहुन्थ्यो । उहाँको निधनले समग्र जिल्ला र देशकै पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको प्रतिनिधिसभा सदस्य हेमकुमार राईले दुःख व्यक्त गर्नुभएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“परिवार नै पर्यटन क्षेत्रमा भएका कारण उहाँको योगदान सोलुखुम्बुले कहिल्यै भुल्दैन”, राईले भन्नुभयो, “जिल्लाको समग्र पर्यटन प्रर्वद्धन गर्ने सन्दर्भमा महत्वपूर्ण योजना निर्माण गरेका थियौँ, शेर्पाका लागि त्यो योजना मै सिमित भयो ।” यति एयरलाइन्सका अध्यक्षसमेत रहेका शेर्पाले खुम्बुको लुक्लासम्म सडक पु¥याउन निकै प्रयास गर्दै आउनुभएको थियो । “यस वर्षनै उहाँले दिलो ज्यान दिएर लुक्लासम्म सडक पु¥याउने भनेर लाग्नुभएको थियो ”, सांसद राईले भन्नुभयो, “उहाँको त्यो सपनालाई हामी पूरा गरेर छाड्छौँ ।” 


Advertisment
Nabil box
Kumari

ताप्लेजुङको फुङलिङ नगरपालिका–१० दारेभिरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना हुँदा पर्यटन व्यवसायी शेर्पासहित सात जनाको ज्यान गएको छ । दुर्घटनामा मुलुकले ठूलो नोक्सानी बेहोर्नुपरेकामा सोलुखुम्बु स्तब्ध छ । विभिन्न कम्पनी सञ्चालन गरेर सयौँ व्यक्तिलाई रोजगारी दिएका शेर्पाको मृत्युको खबर सुनेपछि सोलुवासी स्तब्ध भएका छन् । 

Vianet communication
Laxmi Bank

पर्यटनसँग आङछिरिङको सम्बन्ध 

आङछिरिङ चर्चित सगरमाथा आरोही स्व पासाङल्हामु शेर्पाका साँहिला देवर हुन् । भाउजुले सगरमाथा आरोहण गर्दा आङछिरिङ ट्रेकिङ व्यवसायमा जेडिनुभएको थियो । गाउँबाट भरिया बन्न काठमाडाँै आएका शेर्पाको चार दशकको यात्राले पर्यटन क्षेत्रमा सिङ्गो देशलाई नै महत्वपूर्ण फाइदा पुगेको थियो । 

हिमाली पर्यटन व्यवसायमा लागेका आङछिरिङ २० वर्षको छोटो अवधिमा यति एयरलाइन्स, तारा एयरलाइन्स र हिमालय एयरको मालिक बन्न सफल हुनुभयो । काठमाडाँैको गोकर्ण रिसोर्ट, भैरहवाको कसरा रिसोर्ट, सोलुखुम्बुको यति होमलगायत सुविधा सम्पन्न होटल र रिसोर्टमा उहाँको लगानी छ । सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला स्वर्गीय पासाङल्हामु आङछिरिङकी माइली भाउजु हुनुहुन्छ । उहाँको सगरमाथा आरोहण गरेर फर्कने क्रममा ज्यान गएको थियो । उहाँका भाइ टेण्डि शेर्पाको पनि २०५५ सालमा सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका स्थित अँधेरीखोलामा हेलिकोप्टर दुर्घटनामै परेर ज्यान गएको थियो । 

एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले सगरमाथाको प्रथमपटक आरोहणपछि खुम्बु क्षेत्रमा बाह्य पर्यटकको चहलपहल शुरु भएको हो । त्यही अवसरमा आङछिरिङको परिवार पनि बाह्य पर्यटकलाई घुमाउँदै पर्यटन व्यवसायमा लागेको बताइन्छ । आफ्नै दिदीको ट्रेकिङ कम्पनीबाट शेर्पाले भरिया काम शुरु गर्नुभएको हो । परिवारनै पर्यटन क्षेत्रमा संलग्न रही देशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएका आङछिरिङका जेठा दाजुको पहिले नै निधन भइसकेको छ । अरु तीन दाजुभाइ पनि पर्यटन व्यवसायमा संलग्न छन् । 

आङछिरिङ २० वर्षमै देशको नमूना हवाईजहाज कम्पनीको रुपमा लिइने यति एअरका प्रबन्ध निर्देशक हुनुहुन्थ्यो । तारा एअर उहाँकै समूहको हो भने तेह्रथुम दुर्घटनामा परेको एअर डाइनेष्टी हेलिकोप्टरमा पनि उहाँकै समूहको ठूलो शेयर छ । पछिल्लो समयम उदाएको हिमालय एअर उहाँकै समूहको हो । 

पर्यटन व्यवसायी हिमाल केसीले भन्नुभयो, “हामी आङछिरिङ दाईको त्यो हौसला कहिल्यै बिर्सदैनाँै, हाम्रो लागि फागुन १५ गते कालो दिन भयो ।” आङछिरिङलाई नजिकबाट चिन्ने व्यक्ति मध्येका एक लुक्लाका विजय तामाङ शेर्पा उच्च ओहदाका व्यक्तिलाई मात्र नभई सामान्य व्यक्तिका लागिसमेत सहयोगी र विकासप्रेमी हुनुहुन्थ्यो । “उहाँमा सकारात्मक सोचाइ थियो, पर्यटकलाई सुरक्षा, प्रशिक्षित गाइड, गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ भन्ने मान्यता उहाँमा थियो”, उहाँले भन्नुभयो, “धेरै विदेशी उहाँकै कम्पनीबाट खुम्बु भ्रमणमा आउने गरेका थिए ।” 
–भोजराज कार्की / रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x