×

NMB BANK
NIC ASIA

कसरी सम्हालिऊन् यी आमा, पति गुमाएको छ महिनामै चुँडियो मुटुको टुक्रा !

फागुन १७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाका मृतकलाई शुक्रवार बिहान टुँडिखेलमा सामूहिक श्रद्धाञ्जलि दिइँदै थियो ।

Sagarmatha Cement
Muktinath Bank

बुधवार भएको उक्त दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको शव श्रद्धाञ्जलिका लागि लहरै राखिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रद्धाञ्जलि अर्पणका लागि राष्ट्रपति, प्रधानमन्त्री सहित विशिष्ट अधिकारी, पूर्व विशिष्ट पदाधिकारी, दलका नेता कार्यकर्ता र शुभचिन्तकहरू टुँडिखेल पुगेका थिए । 


Advertisment
Nabil box
Kumari

सबैको अनुहार मलिन थियो । मृतकका आफन्तहरू सम्हालिन सकिरहेका थिएनन् । डाँको छाडेर रुँदै पुष्पगुच्छा अर्पण गरिरहेका थिए ।

Vianet communication
Laxmi Bank

सोही बीचमा सोतो पहिरनमा रहेकी एक वृद्धा विक्षिप्त अवस्थामा देखिइन् । लाग्थ्यो, उनी अलमलमा छिन् । के भइरहेको छ नै थाहा छैन ।

उनी थिइन्, दुर्घटनाका मृतक अर्जुन घिमिरेकी आमा मीठू घिमिरे । अर्जुन मन्त्री रवीन्द्र अधिकारीका पीएसओ थिए ।

उमेरले ६ दशक पार गरेकी मीठूले पति गुमाएको ६ महिना मात्र भयो । उनको शरीरमा सेतो पहिरन अझै छ ।

नेपाल आर्मीमा जमदार रहेका छोरा अर्जुन उनका सहारा थिए । रामेछापस्थित निवासमै रहेका बेला खबर पुग्यो, छोरा सवारी दुर्घटनामा परेर घाइते भयो । घाइते छोरालाई भेट्न भनेर उनलाई काठमाडौं ल्याइयो ।

छोराको मृत्युको खबर सुनाउँदा काठमाडौं ल्याउनै मुस्किल पर्ने भएकाले आफन्तहरूले घाइते भएको भनेर सुनाएका थिए ।

एक्कासि छोरालाई श्रद्धाञ्जलि दिनुपर्ने सुन्दा उनी अर्धचेत नै भइन् । सम्हालिन सकिनन् । आफन्तहरूले जसोतसो शव राखेको बाकस अगाडि पुर्‍याए ।

शव राखेको बाकस खोलेर अन्तिम पटक छोराको अनुहार हेर्न पनि पाइनन्, किनकी दुर्घटनामा शव चिन्नै नसकिने गरी जलेको छ ।

माला चढाउन लाग्दा उनका हात बाउँडिए । बल्लतल्ल राखिदिइन् ।

त्यसपछि केहीबेर घोप्टिइन् र बिलौना गरिरहिन् ।

मीठूलाई आफ्नै शरीर भारी भइरहेको थियो । त्यतिबेला शरीरलाई सहारा त आफन्त र शुभचिन्तकले दिए, तर उनको जिन्दगीको सहारा भने खोसिएको छ ।

पति गुमाएको ६ महिनामै मुटुको टुक्रा (छोरा) चुँडिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x