×

NMB BANK
NIC ASIA

'लुका छुपी' फिल्म समीक्षा : पेट मिचीमिची हसाउँछ

फागुन १७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — भारतीय समाजमा एक प्रेमी जोडीका लागि खुलमखुला प्रेम गर्न वा सम्बन्धमा रहन सहज छैन । लिभइन रिलेसनशिपमा बस्ने जोडीलाई अपराधीको नजरले हेरिन्छ । 

Muktinath Bank

यसको परिणामस्वरूप लिभइनमा बस्ने जोडीले लुकीलुकी प्रेम गर्नुको विकल्प छैन । मनमा सधैं डरको भाव रहनु, घरपरिवारको त्रास, धर्मका ठेकेदारहरूको धम्कीका बीच खुला हावामा सास लिन नै सहज हुँदैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्म लुका छिपीका दुवै पात्र गुड्डु (कार्तिक आर्यन) र रश्मी (कृति सेनन) पनि लुकीलुकी प्रेम गर्छन् । त्यसैले फिल्मको टाइटल नै लुका छुपी राखिएको हो । 


Advertisment
Nabil box
Kumari

फिल्ममा लिभ इन सम्बन्धमा बसेको एक जोडीप्रति समाजको कस्तो दृष्टिकोण छ भनी देखाइएको छ । सम्बन्ध भनेको एक सम्झौता हैन अनि प्रेम र विवाह दुई फरक कुरा हुन् र बिहेअघि लिभ इनमा बस्नु किन सही हो भन्ने कुरा फिल्ममा बुझाउने कोशिश गरिएको छ । 

Vianet communication
Laxmi Bank

फिल्मको कथा गुड्डु माथुरवरिपरि घुमेको छ । उनी मथुरामा एक टेलिभिजन रिपोर्टर हुन् । गुड्डु रश्मी (कृति सेनन) नामक एक युवतीको प्रेममा पर्छन् । रश्मी बाहुबली नेता त्रिवेदीजी (विनय पाठक) की छोरी हुन् । त्रिवेदी कट्टर हिन्दूवादी नेता हुन् र प्राचीन विचारधारा राख्छन् । उनको नजरमा लिभइनमा बस्ने मानिस सबैभन्दा खराब हुन् । 

त्रिवेदीजीकी छोरी रश्मी गुड्डुलाई माया त गर्छिन् तर बिहे गर्न चाहँदिनन् । आफूले पूरै जिन्दगी बिताउनुपर्ने मानिसका बारेमा उनी राम्रोसँग बुझ्न चाहन्छिन् । बुवाको क्रोधका बारेमा थाहा पाएपनि उनी आफ्नो जीवनको सम्झौता गर्न चाहँदिनन् र लिभ इनमा बस्न चाहन्छिन् । 

तर गुड्डुलाई बिहेको हतारो छ । आफ्ना परिवारका मानिस र रश्मीका पिताको डरले उनी लिभ इनमा बस्न चाहँदैनन् । गुड्डु र रश्मीले लिभ इनमा बस्दा के कस्तो समस्या बेहोर्नुपर्छ भनी फिल्ममा रमाइलो तरिकाले देखाइएको छ । फिल्ममा पंकज त्रिपाठीले रमाइलो भूमिका निर्वाह गरेका छन् । 

फिल्मको कथा प्रभावशाली छैन तर त्यसलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । फिल्ममा रोचक पात्रहरूलाई पेश गरिएको तरिकाले शुरूदेखि अन्त्यसम्म हसाइरहन्छ । 

कार्तिक र कृतिको अभिनय राम्रो छ । कतिले फिल्ममा बुद्धिमान् महिलाको भूमिका निर्वाह गरेकी छन् र आफ्नो जीवनका फैसला सोचविचार गरेर मात्र लिन्छिन् । 

कार्तिक चाहिँ हरेक कुरामा हतार गर्छन् । फिल्ममा दुवैजनाले बिहेका लागि गरेको संघर्ष रोचक छ । गम्भीर विषयलाई कमिक तरिकाले देखाइएकाले दर्शकलाई पूर्ण मनोरञ्जन प्राप्त हुन्छ । 

तर यति हुँदाहुँदै पनि कार्तिक र कृतिको केमेस्ट्री खासै जमेको देखिँदैन । कमेडीको ओधरडोजमा उनीहरूबीचको प्रेम दबिएको छ । 

लुका छुपीलाई रोमान्टिक कमेडी फिल्म भन्दा पनि कमेडी रोमान्टिक फिल्म भन्नुपर्छ । 

आजतकमा प्रकाशित पुनीत उपाध्यायको समीक्षा

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x