×

NMB BANK
NIC ASIA

फिल्मी लगानी

‘पब्लिसिटी’ खर्च समेत नउठ्ने नेपाली फिल्मको कस्तो व्यापार ?

फागुन १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –‘नेपाली फिल्मको बजारको अवस्था अहिले यति बिजोग छ । म त फिल्ममा लगानी गर्न खोज्नेहरूलाई हात नै जोडेर भन्छु नबुझी लगानी गर्दै नगर्नुस्,’ गत माघ १८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘गोपी’का निर्माता मनिकरण केसी लोकान्तरसँग भन्छन् ।

Muktinath Bank

उनी अगाडि थप्छन्, ‘तपाई अध्ययन गर्नुस्, अहिले दोहो¥याएर फिल्म बनाउने कति हुनुहुन्छ ? फिल्ममा १ करोड बढी खर्च गरेका ८० प्रतिशत निर्माताले २०–२५ लाख रुपैयाँ पनि उठाउन सकेका छैनन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘रोज’मा लगानी डुबाएका मनिकरणलाई ‘गोपी’ले पनि डुबायो । यी २ फिल्ममा गरेको लगानीले उनलाई नेपाली फिल्मको अवस्थाबारे भने राम्रै ज्ञान दिलायो । लगानी गरेपछि उनले फिल्म क्षेत्रबारे धेरै कुराहरू बुझ्ने अवसर पाए । 


Advertisment
Nabil box
Kumari

‘पहिलो त फिल्म क्षेत्रमा लगानी गर्नेहरू अधिकांश नयाँ हुँदा रहेछन् । एउटाले लगानीकर्ता खोज्ने, एउटाले निर्देशक खोज्ने, एउटा पैसा हालेर फिल्म खेल्ने परिपाटी झाँगिएको रहेछ,’ उनी आफूले बुझेको फिल्मको अवस्थाबारे भन्छन्, ‘केही राम्रो फिल्म चलेका छन् । तर नराम्रा फिल्महरू धेरै आइरहँदा दर्शकमा नेपाली फिल्मलाई माया गर्नुपर्छ भन्ने भावना नै हटेको छ । जसका कारण ठीकठाकका फिल्म पनि चल्न छाडेका छन् ।’ नेपाली फिल्मको अवस्था देखेर उकेद लागेको उनी बताउँछन् ।

Vianet communication
Laxmi Bank

माघ १८ गतेबाटै प्रदर्शनमा आएको फिल्म ‘रणवीर’को व्यापारलाई लिएर निर्माता दीपेन्द्र रेग्मी पनि उत्तिकै चिन्तित छन् । उनी वर्तमान समयमा अरु फिल्म निर्माण गर्ने मनस्थितिमा छैनन् ।

उनी भन्छन्, ‘नेपाली फिल्म नचल्नुमा धेरै कमीकमजोरी छन् ।’ उनको भनाईमा फिल्म चल्न राम्रो कन्टेन्ट र नयाँ प्रयोगले मात्र पुग्दैन । दर्शक तान्न राम्रा गीत र स्टार कास्ट कलाकार पनि आवश्यक पर्छ । 

उनी अहिले नेपाली फिल्मको पब्लिसिटी समेत गलत तरिकाले भइरहेको बताउँछन् । पब्लिसिटी गलत हुँदा फिल्म हेर्न गएका दर्शकहरू निराश भएर निस्कन्छन् र त्यसपछिका फिल्म हेर्न दर्शकको मन मर्छ । 

मनिकरण र दीपेन्द्रमा जस्तै पीडा सुशान प्रजापतिमा पनि छ । उनको निर्माण रहेको फिल्म ‘सुश्री सम्पत्ति’ले पनि नराम्रोसँग घाटा व्यहो¥यो । मंसिर २८ गतेबाट प्रदर्शनमा आएको फिल्म हेर्न हलमा दर्शक गएनन् । 
कुनै समयको ‘हामी तीन भाइ’ जस्तो सुपरहिट फिल्म निर्माण गरेका सुशान अहिलेकै परिस्थितिमा अन्य फिल्म निर्माण नगर्ने बताउँछन् । ‘अहिले कुनै पनि नेपाली फिल्ममा दर्शक नै छैनन् । फिल्मको अवस्था नसुध्रेसम्म अर्को फिल्म नबनाउने मनस्थितिमा पुगेको छु,’ उनी भन्छन् ।

अभिनयमा लामो समय बिताएका कलाकार पुकार भट्टराईले फिल्म ‘गुनगुन’ निर्माण तथा निर्देशक गरे । अभिनय फापेको पुकारलाई निर्माण र निर्देशन फापेन । उनी नेपाली फिल्म क्षेत्रसँग असन्तोष पोख्दै फिल्म बनाउनुभन्दा चलाउनु गाह्रो भएको अनुभव साट्छन् । 

‘लगानी उठ्दैन भन्ने जानीजानी अरुलाई किन डुबाउने ?’

भन्छन्, ‘फिल्म बनाउनुभन्दा चलाउनु धेरै गाह्रो रहेछ । फिल्म चलाउन हल, वितरकसँगको सिस्टम र नियम धेरै फितलो रहेछ । निर्माता भइसकेपछि बुझे यहाँ निर्माताहरू एक पटक होइन, पटक–पटक मर्दा रहेछन् ।’ उनले फिल्म क्षेत्र नेपालको सबैभन्दा फितलो क्षेत्र देख्छन् । ‘फिल्म प्रदर्शनदेखि व्यापार लगायत केही कुरामा सिस्टम नै छैन,’ उनी भन्छन् ।

हलमा दर्शक नजानु एउटा पाटो भएपनि फिल्म लगाउन गाह्रो हुनु, फिल्मको व्यापार सिधा निर्मातासमक्ष नआउनु, आम्दानी आउँदा विभिन्न शीर्षकमा काटिएर निर्मातासमक्ष २५ प्रतिशत पनि नआउनुजस्ता समस्या रहेको सुनाउँछन् । त्यसैले फिल्म क्षेत्र सुधारका लागि सबै पक्ष गम्भीर हुनुपर्ने उनी बताउँछन् । 

फिल्ममा आफ्नो लगानी डुबेपछि उनी आफूसँग फिल्म बनाउनेबारे सल्लाह लिन आउनेलाई सिधै भन्छन्, ‘अहिले फिल्मको व्यापारको अवस्था बिजोग छ । फिल्ममा लगानी नगर्नुहोस् ।’ उनी प्रश्न गर्छन्, ‘लगानी उठ्दैन भन्ने जानीजानी अरुलाई किन डुबाउने ?’

निर्माता सुरक्षित भएमात्र अरु बाच्ने र फिल्म उद्योग जीवित रहने बताउँदै त्यसका लागि सरकारी तवरबाट पनि कदम चालिनुपर्ने उनको भनाई छ ।

‘पब्लिसिटी’ खर्च समेत नउठ्ने यो कस्तो व्यापार ?

अहिले फिल्मको निर्माण खर्च बढेको छ । सँगै पब्लिसिटी खर्च पनि उत्तिकै महंगो छ । सामान्य पब्लिसिटीमा २० लाख रुपैयाँदेखि अलि राम्रै पब्लिसिटी गर्न ५० लाख रुपैयाँसम्म खर्च हुने निर्माता बताउँछन् । 

तर फिल्मको व्यापार यति बिजोग छ कि पब्लिसिटीमा खर्चेको पैसा समेत उठ्दैन । जुन कुरा स्वीकार्छन् ‘सुश्री सम्पत्ति’का निर्माता सुशान प्रजापति । आफ्नो फिल्मको पब्लिसिटीमा ५० लाख रुपैयाँ सरोफेरो खर्च भएको बताउँदै फिल्मबाट त्यति पैसा उठ्न गाह्रो रहेको उनी बताउँछन् । ‘पब्लिसिटी खर्च अत्यन्तै बढेको हो,’ उनी भन्छन्, ‘फिल्म बनाउन जति नै खर्च पब्लिसिटीमा लाग्न थालेको छ ।’

टेलिभिजन, अनलाइन, रेडियो लगायतमा विज्ञापन, पत्रकार सम्मेलन, मोफसल यात्रा, पोस्टर, व्यानर लगायतमा रकम खर्च भएको उनले बताए । ‘रणवीर’को प्रचारप्रचारमा झण्डै ३० लाख रुपैयाँ खर्च भएको दीपेन्द्र रेग्मी बताउँछन् । ‘फिल्मको व्यापार सोचेभन्दा उल्टो भयो । तर पब्लिसिटी खर्च उठ्यो उठेन त्यसमा जोड नदिऔं,’ उनले भने ।

फिल्मको आम्दानी बताउन उनको हिच्किचाहट देख्दा ‘रणवीर’ले पनि पब्लिसिटी खर्च समेत उठाउन नसकेको देखिन्छ । ‘गोपी’को प्रचारप्रसारमा २० देखि २५ लाख रुपैयाँ खर्च भएको मनिकरण बताउँछन् । यी पछिल्ला केही फिल्मका उदाहरण भएपछि धेरै फिल्मको तीतो यथार्थता नै यही हो । धेरै फिल्मको लगानी बालुवामा पानी खन्याएसरह छ । 

नेपालमा हरेक हप्ता २ देखि ३ फिल्म प्रदर्शनमा आउँछन् । महिनामा ८ देखि १२ फिल्म । यसरी हेर्दा महिनामै नेपाली फिल्ममा ८ देखि १२ करोड रुपैयाँ डुबिरहेको छ । दशैंको छेकोमा प्रदर्शनमा आएका ‘छक्का पञ्जा ३’ र ‘जय भोले’पछि खडेरी लागेको बजारमा शुक्रवारबाट प्रदर्शनमा आएका २ फिल्म ‘क्याप्टेन’ र ‘द ब्रेकअप’ले राहत दिने फिल्मकर्मीको अपेक्षा छ । तर एकाधलाई छाडेर हेर्ने हो भने  ‘पब्लिसिटी’ खर्च समेत नउठने गरी नेपाली फिल्मले यो कस्तो व्यापार गरिरहेका हुन् ? सबै फिल्मकर्मी यसमा गम्भीर देखिनु जरुरी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x