×

NMB BANK
NIC ASIA

पशुपतिनाथमा माछामासु, गाँजा बिक्रीवितरण र सेवन निषेध, दर्शन गर्न कहाँ-कहाँबाट लाइन बस्ने ?

फागुन १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- पाश अर्थात् बन्धनमा रहेकालाई मुक्ति दिने पशुपतिनाथको दर्शन गर्न देशविदेशका साधुहरू आउने क्रम बढ्दैछ । स्वदेश र विदेश गरी भारतका विभिन्न मठमन्दिरका साधु, स्वामी तथा योगीहरू पशुपतिनाथ, डोलेश्वर, कालमोचन घाट आदिमा बस्ने गर्छन् । 

Sagarmatha Cement
Muktinath Bank

यही फागुन २० गते लाग्ने शिवरात्रि मेलामा पशुपतिनाथका दर्शनार्थीलाई सहज बनाउन विभिन्न धार्मिक सामाजिक संस्था तथा सेवा प्रदायक सरकारी एवं गैरसरकारी निकायबाट पाँच हजार स्वयंसेवक परिचालन हुने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिवरात्रिका लागि केही दिनदेखि नै पशुपति क्षेत्रलाई रङरोगन गरेर सजाउने कार्य भएको छ । शिवको दर्शनका लागि एकादशीदेखि नै पशुपति क्षेत्रमा दर्शनार्थीको बाक्लो उपस्थिति देखिएको छ । शिवरात्रिकै लागि भनेर नेपाल र भारतबाट चार हजार साधुसन्त तथा जोगीहरु पशुपति क्षेत्रमा भेला भइसकेको सदस्य ढकालले बताए ।  


Advertisment
Nabil box
Kumari

पशुपतिनाथ दर्शनका लागि जाने भक्तजनका लागि चारवटै ढोका खोलिनेछ । कोषका अनुसार मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड – दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट दुई लाम, जयबागेश्वरी –इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट पश्चिम ढोकाबाट एक लाम, बत्तीसपुतली, गौशाला तथा एअरपोर्ट गौशाला भएर पिङ्गलास्थान – सुमार्गी भवन अगाडि – चारशिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट दुई लाम गरी बाहिरी रुपमा तीन स्थानबाट दर्शन गर्नेका लाम रहनेछन् । 

Vianet communication
Laxmi Bank

त्यस्तै तिलगङ्गा राममन्दिरतर्फ समेत आवश्यकतानुसार एक लाम राख्न सकिने जनाइएको छ । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेभित्र भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको कोषले जनाएको छ । 

नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका समेत सुरक्षाकर्मी मेला अवधिभर परिचालन गरिने डा. ढकालले बताए । भक्तजनलाई हुनसक्ने आकस्मिक स्वास्थ्य सेवाका लागि पशुपतिनाथको मन्दिर नजिक हुने गरी मुख्य क्षेत्रमा चिकित्सक, परिचारिका, औषधि र शय्यासहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर सञ्चालन गरिने छ । एम्बुलेन्स कुनै बेला पनि रहने गरी स्वास्थ्यसँग सम्बन्धित करीब ५० संस्थाले सेवा प्रदान गर्नेछन् । 

पशुपति क्षेत्रको वातावरण स्वच्छ बनाउन एक हप्तादेखि तीनवटै सुरक्षा निकाय, स्थाननीय तहलगायत संस्थाले सफाइ अभियान सञ्चालन गरिरहेका छन् । शिवरात्रिका दिन बिहानैदखि दर्शनार्थीको भीड लाग्ने हुँदा जुत्ताचप्पल व्यवस्थापनका लागि पाँच स्थान छुट्याइएको छ । त्यस्तै पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखन निषेध गरिएको छ । 

साधुसन्तका लागि आवश्यक नि:शुल्क भोजन, पानी, चिया र बसोबाससमेतको व्यवस्था मिलाइएको छ । चिसोबाट बच्नका लागि धुनी जगाउन दाउराको व्यवस्था पनि मिलाइएको कोषका मुख्य लेखा अधिकृत प्रेमहरि ढुङ्गानाले बताए ।  उनका अनुसार महाशिवरात्रि पर्वको पर्सिपल्ट एकादशीका दिन बाटो खर्चसहित साधुसन्त, जोगी–बाबाहरूका लागि बिदाइको व्यवस्थासमेत भइसकेको छ । यस्तै दर्शनका लागि अशक्त र ज्येष्ठ नागरिकलाई विशेष खालको व्यवस्था रहेको र अन्यका हकमा लाममै बसेर दर्शन गर्नुपर्ने अधिकृत ढुङ्गानाले औंल्याए ।  

त्यस्तै आवास, भोजन तथा भौतिक पूर्वाधारका लागि हंसमण्डप, वनकालीको खुलास्थान, तीनगङ्गाको क्षेत्रलाई आवास क्षेत्र तोकी करीब सय संघसंस्थाले निः शुल्क भोजन, पानी, चिया वितरणको व्यवस्था मिलाइएको कोषका प्रचारप्रसार सयोजक घनश्याम उपाध्यायले बताए ।  

पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तिलगङ्गा (गल्फकोर्स उत्तरतर्फ) एक, पशुपति क्षेत्र विकास कोेषको कार्यलयमा एक, महानगरीय प्रहरी वृत्त/ट्राफिक प्रहरी प्रभाग, गौशाला एक, सिफल एक र गुहेश्वरी पारि एक गरी पाँच स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ । त्यस्तै एअरपोर्ट, गाौशाला, चाबहिल चक्रपथमा दर्शनार्थीको चापलाई ध्यानमा राखी एकातर्फी सवारी गुड्न दिने व्यवस्थासमेत मिलाइएको कोषले जनाएको छ । शिवरात्रिमा पशुपति दर्शन गर्न आउने दर्शानार्थीका लागि सहज व्यवस्था मिलाउन यस वर्ष कोषले आठ उपसमिति गठन गरी तयारी शुरू गरेको थियो । 

पशुपति क्षेत्रमा परम्परागत रुपमा मनाइने विभिन्न चाडपर्वमध्ये महाशिवरात्रि एक विशेष महत्व बोकेको पर्व हो । नेपाल मात्र नभई विश्वका हिन्दू धर्मावलम्बी महाशिवरात्रि पर्वलाई विशेष महत्व दिएर पशुपतिनाथको मन्दिरमा दर्शन गर्न आउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

कात्तिक १४, २०८०

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेर...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x