फेवातालमा प्याराग्लाइडिङ खस्यो, १ जना गम्भीर घाइते

फागुन १९, २०७५

पोखरा- पोखराको सारङकोटबाट उडेको प्याराग्लाडिङ फेवातालमा खसेर दुर्घटना हुँदा रोमानियाली पर्यटक गम्भीर घाइते भएका छन् ।

आइतवार बिहान साढे ११ बजेतिर उडान भरेको उक्त प्याराग्लाइडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सिधै तालमा खसेको प्रहरीले जनाएको छ । घाइते हुनेमा अन्दाजी ४० वर्षीय इदे सिस जेर रहेको सशस्त्र प्रहरी विजय चापागाईँले जानकारी दिए । 


ADVERTISEMENT

तालमा खसेको प्याराग्लाडिङको उद्धार बाराही घाटमा अवस्थित मोटर बोटसहित सशस्त्र प्रहरी, स्थानीय र प्रहरी टोली खटिएको थियो ।  

दुर्घटनामा घाइते भएका प्यारा पाइलटलाई मेट्रोसिटी अस्पताल पोखरामा ल्याइएको छ । उनको हाल आकस्मिक कक्षमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको बताइएको छ ।

फागुन १९, २०७५ मा प्रकाशित

नरहरि पौड्याल

पौड्याल लोकान्तरका लागि गण्डकी प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस