मंसिर २७, २०८०
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
काठमाडौं- सदावहार अभिनेता हुन् भुवन केसी । अहिलेका चर्चित अभिनेता उनकै छोरा अनमोल केसी । त्यस्तै पछिल्लो समय सम्भावना बोकेका निर्देशकमा हेरिएका छन्, दिवाकर भट्टराई । भुवनको निर्माण, दिवाकरको निर्देशन अनि अनमोलको अभिनयको सहकार्य हो, फिल्म- क्याप्टेन ।
फिल्मको जनरा स्पोर्टस्, त्यसभित्र फूटबल मूलकथा । निःशन्देह टिजर, ट्रेलर र गीत-संगीतले दर्शकलाई छोएको थियो । अहिले फिल्म सिनेमा घरमा लागिरहेको छ । टिजर, ट्रेलर र गीत-संगीतले छोएको दर्शकलाई फिल्म कस्तो लाग्छ त ?
यस्तो छ कथा :
झापाको एक निम्न वर्गीय परिवार । बुबाआमाको एक्लो सन्तान् इशान खड्का (अनमोल केसी )। जसको आमा (सूर्यमाला खनाल)लाई फूटबल मन पर्दैन । बुबा (सरोज खनाल)को सपनै फूटबलमा छ- देशलाई गोल्ड मेडल जिताउने । तर आफ्नो सपना पूरा हुने छाँटगाट छैन । उनी आफ्नो सपना छोरा ईशानमा समर्पित गरेर विदेशिन बाध्य हुन्छन् ।
ईशानमा पनि बच्चैदेखि फूटबलप्रति तीव्र लगाव छ । स्थानीय स्तरका फुटवल प्रतियोगीतामा आफूलाई अब्बल सावित गर्दैछ । राष्ट्रिय खेलाडी हुने र देशलाई गोल्ड मेडल जिताउने सपना लिएर उसले लगावका साथ तीव्र मेहनत र अभ्यास गर्छ ।
तर विडम्बना विदेश गएका उनका बुबा अशक्त बनेर फर्किन्छन् । त्यसपछि ईशान फूटबल खेलभन्दा पारिवारिक दायित्व बोध गर्नतर्फ लाग्नुपर्ने हुन्छ । बुबाको उपचार खर्च जुटाउन उसले संघर्ष गर्नुपर्ने हुन्छ । यसबीचमा उनले गाडी धुन्छन्, सिमेन्टको भारी बोक्छन्, होटलमा वेटर काम गर्छन्, भित्तामा पोष्टर टाँस्ने काम गर्छन्, भित्तामा रंग लगाउँदै हिँडछन् ।
काममा उनलाई तामाङ (बुद्धि तामाङ)ले सहयोग गरेका छन् । त्यस्तै गाउँकै साथी श्रेया (उपासना सिंह ठकुरी)ले पनि ईशानलाई साथ र सहयोग गर्छिन् । उनी ईशानको सामिप्यता चाहन्छिन् । आर्थिक अभाव हुँदा आर्थिक सहयोगसमेत गर्छिन् । ईशानसँगको निकटताका लागि पढ्ने बहानामा काठमाडौंसम्म पुग्छिन् ।
भित्तामा रंग लगाउँदै हिँडेका ईशान संयोगले एक फूटबल क्लबका प्रशिक्षक मिष्टर थापा (प्रशान्त ताम्राकार)को नजरमा पर्छन् । विभिन्न अफ्ट्याराबीच ईशानको फूटबल खेल अगाडि बढ्दै जान्छ । फूटबल क्लबका प्रशिक्षकसँग जोडिएपछि उनको यात्रामा केही पात्र जोडिन्छन् । खेलाडीकै रुपमा अमन (विल्सनविक्रम राई), प्रेमिकाको रुपमा चारु (प्रियंका एमभी) र दुश्मनको रुपमा खेलाडी रविन महर्जन (अमित श्रेष्ठ) अनि राष्ट्रिय खलाडीका प्रशिक्षकको भूमिकामा छन् सुनिल थापा । यी पात्रसँग जोडिएपछि आउने उदारचढावलाई ईशानले कसरी ह्याण्डल गर्दै साफ च्याम्पियनसिपसम्म पुग्छन् ? त्यो जान्नका लागि २ घण्टा १५ मिनेट हलमै बिताउनुपर्नेछ ।
राम्रो पक्ष :
फूटबल खेलमा रुचि राख्ने युवापुस्ताको संख्या नेपालमा उल्लेख्य छ । यसर्थ पनि ती युवापुस्तालाई ‘क्याप्टेन’ले आकर्षित गर्नेछ । युवापुस्तामाझ लोकप्रिय अनमोललाई पनि दर्शकले भिन्न भूमिकामा देख्न पाउनेछन् । फिल्मको अर्को बलियो पक्ष हो, गीतसंगीत । ‘रहर छ सँगै’ र ‘कर्ली कर्ली कपाल’ दर्शकलाई प्रिय लाग्छन् । फिल्म छायाँकन, लोकेशन, केही संवादले दर्शकलाई छुन्छ ।
एक युवाले देशका लागि फूटबल खेल्न गरेको संघर्षको कथा भएपनि कमेडी, रोदन, लभ, एक्सन सबै फिल्मभित्र छन् । फिल्ममा स्टार कलाकारहरूको लाम छ । केही स्टार कलाकारहरूलाई अतिथि भूमिकामा पनि देख्न सकिन्छ । अभिनेता भुवन केसी र निरुता सिंहले एउटा गीतमा नृत्य गरेका छन् भने सलोन बस्नेत, निर्मल शर्मा लगायतलाई दर्शकले अतिथिको भूमिकामा देख्न सक्छन् ।
कमजोरी :
पर्दाभित्र अनमोल केसी 'क्याप्टेन' भएपनि पर्दा बाहिरका क्याप्टेन हुन्– दिवाकर भट्टराई । तर उनको क्याप्टेनशिप अझ पक्का बन्न सकेको छैन । उनले फिल्मभित्र केही कमीकमजोरीहरू छाडेका छन् ।
फिल्मभित्र समावेश गरिएका अन्य मसलाहरूले फूटबलको कथालाई अलमलमा पारेको छ । फूटबल खेलाडीका रुपमा इशान (अनमोल)को संघर्षलाई गतिलो तरिकाले उन्न सकिएको छैन । त्यस्तै फूटबलको फिल्म हेरिरहँदा दर्शकलाई जुन रोमाञ्चकता पेश गर्नुपर्ने हो, त्यो गहिराईसम्म फिल्म पुग्न सकेको छैन । अन्य बाहिरी कुराहरूलाई जोड्नुभन्दा फूटबलभित्रका समस्या, समाधानका कुराहरूलाई गहिरो अध्ययन गर्न सकिन्थ्यो । तर फिल्ममा पारिवारिक समस्या र प्रेमकथा हाबी भएको छ । प्राविधिक पक्षमा पनि फिल्म केही चुकेको देखिन्छ । पार्श्व ध्वनी, डबिङ, भिएफएक्समा पनि नमजासँग चिप्लिएको छ । जुन भिएफएक्सका दृश्यले दर्शकका आँखा बिझाउँछ ।
अभिनय कस्तो?
केहीलाई छाडने हो भने कलाकारहरूको अभिनय पनि पर्दामा जीवन्त देखिएको छैन । अनमोलको अभिनय अघिल्ला फिल्ममा जस्तै छ । उनले आफ्नो चरित्रलाई न्याय गर्न सकेका छैनन् । सधैँजस्तै प्रशान्त ताम्राकारको अभिनय ठिकठाक छ । केही सिनहरूलाई छाडने हो भने सरोज खनाल र सूर्यमाला खनालको अभिनय औसत लाग्छ । नव अभिनेत्री उपासना सिंह ठकुरीले स्वभाविक अभिनय गरेर फिल्म नगरीमा केही सम्भावना देखाएकी छन् । अर्की अभिनेत्री प्रियंका एमभीको अभिनय भने त्यति चोटिलो छैन । विल्सनविक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङ, सुनिल थापा, अमित श्रेष्ठ लगायतले चरित्रलाई सक्दो न्याय गरेका छन् ।
अन्त्यमाः
शुरूमै उल्लेख गरियो ‘क्याप्टेन’ फिल्म क्षेत्रका तीन हस्तीको सम्मीश्रण हो । तर त्यो सम्मीश्रण फिल्ममा देखिँदैन । भुवन, अनमोल र दिवाकरबाट दर्शकले योभन्दा उच्च शैलीको फिल्मको अपेक्षा गरेका थिए र गर्छन् ।
यद्यपि पुरानै कथामा फिल्म बनाउँदा त कमजोरी हुन्छन्, यो त नेपालमा बिल्कुलै नयाँ कथा । आशा गरौं, आउँदा फिल्ममा यी हस्तीको क्याप्टेनसिप क्षमता बढ्नेछ । अर्को, यी हस्तीले फूटबलको कथामा दाउ लगाएर जोखिम मोलेकै हुन् । उनीहरूको यो कार्यलाई प्रशंसा गर्नैपर्छ ।
हामीकहाँ धेरै फिल्महरू बाहिरबाट आयातित कथामा निर्माण हुन्छन् । धेरै फिल्महरू उस्तै धारका बन्छन् । तर क्याप्टेन बिल्कुलै फरक छ । ती फिल्मको तुलनामा क्याप्टेनलाई माथिल्लो दर्जाकै फिल्मको दर्जामा राख्न सकिन्छ ।
नेपालमा फूटबल खेलको क्रेज पनि छुट्टै छ । यसर्थ फूटबल खेलप्रेमी दर्शकलाई क्याप्टेन मन पर्नसक्छ । अनमोलका फ्यान र नयाँ कथामा फिल्म हेर्न चाहने दर्शकले ‘क्याप्टेन’ नछुटाउँदै वेश ।
फिल्म : क्याप्टेन
विधा : खेल
लेखक तथा निर्देशक : दिवाकर भट्टराई
निर्माता : भुवन केसी
मुख्य कलाकारहरू : अनमोल केसी, प्रशान्त ताम्राकार, सरोज खनाल, सूर्यमाला खनाल, उपासना सिंह ठकुरी, प्रियंका एमभी, विल्सन विक्रम राई, बुद्धि तामाङ आदि ।
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...