पोखरामा पुन: प्याराग्लाइडिङ दुर्घटना, एकको मृत्यु

फागुन २१, २०७५

पोखरा- पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

तीन दिनको अवधिमा पोखरामा लगातार प्याराग्लाइडिङ दुर्घटना भइरहेको छ । 


ADVERTISEMENT

एक जना विदेशी नागरिकको मृत्यु भएको ४८ घण्टा नपुग्दै पुन: अर्का एक प्याराग्लाइडिङ पाइलटको मृत्यु भएको हो । सराङकोटबाट उडेका रसियन प्याराग्लाइडिङ पाइलटको उठेको केही बेरमा सराङकोटमै खस्दा मृत्यु भएको कास्कीले प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेका प्याराग्लाइडरको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी रविन्द्र गुरुङका अनुसार सराङकोटबाट उडेको केहिबेरमै प्याराग्लाइडिङ दुर्घटना हुँदा उनको मृत्यु भएको हो । उनको नाम भने खुलिसकेको छैन ।

सोमवार पनि माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका एक जना विदेशी प्याराग्लाइडिङ पाइलट करेन्ट लाग्दा भुइँमा झरेका थिए भने अर्का रसियन पाइलट मादी गाउँपालिका–७ छाचोकमा रुखमा अड्किएका थिए ।

आइतवार मात्र सराङकोटबाट उडेका रोमानियाका पाइलट इबि चिसजिरले प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएका थिए । 
 

फागुन २१, २०७५ मा प्रकाशित

नरहरि पौड्याल

पौड्याल लोकान्तरका लागि गण्डकी प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस