×

NMB BANK
NIC ASIA

नेप्सेमा सामान्य सुधार

फागुन २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- लगातार ओरालो लाग्दै आएको शेयर बजारमा मंगलवार सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.०६ बिन्दुले बढेर एक हजार १०२.६४ बिन्दुमा पुगेको छ । 

Muktinath Bank

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३७ बिन्दुले बढेर २३४.२५ बिन्दुमा पुगेको छ । कूल १७४ कम्पनीको सात लाख ३३ हजार ४२२ कित्ता शेयर रु २२ करोड ५२ लाख ३१ हजार ४४३ मूल्यमा किनबेच भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कारोबार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर बढेको छ । व्यापार २.७ र अन्य उपसमूह ३.१५ बिन्दुले घटेको छ । यस्तै बैंकिङ २.०४, होटल ४.४१, विकास बैंक १.१५, जलविद्युत् ४.९८, वित्त ३.०५, निर्जीवन बीमा ३.०१, उत्पादन २८.६१, लघुवित्त ५.२८ र जीवन बीमा १२.१४ बिन्दुले बढेको छ । 


Advertisment
Nabil box
Kumari

सामान्य बढेको बजारमा सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.४४ प्रतिशत, सेन्ट्रल फाइनान्स ४.५९, गुर्खाज फाइनान्स लिमिटेड ३.८५ र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३.५३ प्रतिशतले कमाएका छन् । यस्तै सिन्धु विकास बैंकका शेयरधनीले ७.९३, घलेम्दी हाइड्रोपावर लिमिटेड ४.९७, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ४.७६, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ४.२२ र मिथिला लघुवित्त वित्तीय संस्था ३.४४ प्रतिशतले गुमाएका छन् ।

Vianet communication
Laxmi Bank

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड २६ लाख १६ हजार ११४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ८७ लाख ५३ हजार ६०० र एनआइसी एशिया बैंकको रु एक करोड २० लाख ८२ हजार ४४१ बराबरको कारोबार भएको छ । 

स्टकमा आज लाइफ इन्स्योरेन्स कम्पनी नेपालको मूल्य समायोजन भएको छ । कूल १२ प्रतिशत शेयर लाभांश प्रदान गरेपछि प्रतिकित्ता रु एक हजार ४३२ मा मूल्य समायोजन भएको हो । सो कम्पनीको औसत शेयर मूल्य रु दुई हजार १०३ रहेको छ । यसैगरी मेगा बैंक लिमिटेडको १० लाख ३० हजार ९४८ कित्ता शेयर लाभांश स्टकमा सूचीकृत भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x