×

NMB BANK
NIC ASIA

विराट सत्संगको पूर्वसन्ध्यामा नगर सरसफाई

फागुन २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

झापा– झापाको मेची नगरपालिका–१० धुलाबारीमा हुने विराट सत्संगको पूर्वसन्ध्यामा बुधवार बिहान धुलाबारी बजार क्षेत्रमा सरसफाई गरिएको छ ।सत्संग आयोजक नेपाल मानव धर्म सेवा समितिका स्वयंसेवक, जनप्रतिनिधि र स्थानीय वासिन्दाको सहभागितामा बजार सरसफाई गरिएको हो । कार्यक्रममा मेची नगरपालिका–१० का वडाध्यक्ष सुवेश पनेरु लगायतको उपस्थिति थियो ।

Sagarmatha Cement
Muktinath Bank

आध्यात्मिक प्रचारप्रसार र सामूदायिक स्वास्थ्यका लागि सरसफाई आवश्यक रहेको सन्देश दिन बजार सरसफाई गरिएको नेपाल मानव धर्म सेवा समिति श्रद्धेय आश्रम धुलाबारीका सचिव ईन्द्र प्रधानले बताए । उनका अनुसार फागुन २३ र २४ गते धुलाबारीको नन्दागंगा नदी तटमा विराट सत्संग समारोहको तयारी अन्तिम चरणमा पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

सत्संगकै पूर्वसन्ध्यामा आज (बुधबार) राष्ट्रिय बालसभा उत्सव समेत भइरहेको छ । कार्यक्रममा देशभरबाट आएका बालबालिकाले कला संस्कृति प्रदर्शन गर्ने सचिव प्रधानले बताए । उनका अनुसार उत्सवमा उत्कृष्ट भएका प्रस्तुतीलाई विराट सत्संग समारोहमा समेत स्थान दिइने छ । 

Vianet communication
Laxmi Bank

भोलि बिहीबार र पर्सी शुक्रबार हुने विराट सत्संग समारोहमा मानव धर्मका प्रणेता सद्गुरूदेव सतपालजी महाराजले सम्बोधन गर्ने र विभिन्न देशबाट भक्तजनहरू सहभागी हुने जनाइएको छ । समारोहमा नेपाल, भारत र भुटानका गरी करीब एक लाख भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ । समारोहमा स्थानीय सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न मूल आयोजक समिति मातहत विभिन्न समिति गठन गरेर तयारी अन्तिम चरणमा पुगेको सचिव प्रधानले बताए । समारोहकै क्रममा धुलाबारीस्थित श्रद्धेय आश्रमको भवन प्रवेश समेत गरिने छ । भवन प्रवेशका क्रममा १३ जना ब्राह्मणबाट यज्ञ हवन समेत गरिने छ । भोलि बिहीबार सत्संग समारोह शुरू हुनुअघि बिहान शोभायात्रा गरिने छ ।

स्थानीय कला संस्कृतिको प्रवद्र्धनका लागि समारोहमा विभिन्न आध्यात्मिक, सांस्कृतिक कार्यक्रम र झाँकी समेत प्रस्तुत गरिने छन् । कर्णप्रिय वाद्यवाधक तथा गायकबाट प्रस्तुत हुने भवनकीर्तनले समेत भक्तजनलाई आध्यात्मिक मनोरञ्जन प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x