असोज १०, २०८०
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
दिल बहादुर थापा
उसको नाम बोगी हो ।
अहिलेसम्म पनि गाउँघरतिर
सबैले उसलाई बोगी भनेर बोलाउछन् ।
ऊ बोगी सारजस्तै बोगी छे।
अर्थात बोगी फूलजस्तै सेतो ।
हरेक वर्षको शरद ऋतुमा ऊ फुल्छे ।
हाँसीहुल्चो लुहुमतिर
घ्याँसीदी डांडाको माथि माथि तिर
मानौं ती डाँडाहरु आकास हुन् ।
बोगी फुल तारागंगा ।
हिजो बोगी फूल एउटा मौसममा मात्रा फुल्थी ।
मारुनी बाजेले गाउने ठाडोभाकासंगै ।
चिच्चो पुसैले बजाउने मादलको झ्याउरे तालसंगै ।
पल्लोघरे रोदीघरको आँगनमा।
हर सांझ
आजभोलि समय फेरिएछ ।
बोगी फुल गाउँतिर फुलेको देख्दिन ।
रोदी घरमा सजिएको पनि देख्दिन ।
हिजो जसरी आजभोलि
परदेशिएका युवाहरुसंगै बोगी फुल
आजभोलि रमाइला सहरहरु भेटिन्छन् ।
देशका सहरहरुमा
विदेशका सहरहरुमा
सहरमा आजभोलि
पाटी तथा गैरपाटीहरुका ठूला-ठूला कार्यक्रमहरु हुन्छन् ।
ती कार्यक्रमहरुमा उनको खुब ठुलो डिमाण्ड हुन्छन् ।
उनको सेतो गालाको
हेर्दा पनि मजा आउने यौवनको
नाँच्ने कलाको
हिजो रोदी घरको चारदिबारमा बसेर
मेरा पूर्खाहरुले
तिम्रो कलाको मुल्य कैले तोकेन
तोक्न पनि सकेन
तोक्न पनि चाहेन
तर आज तोकिन्छ हर दिन ।
सहरको चोक चोकमा
चोकको मदिरायुक्त कोठा कोठामा ।
तिम्रो नचाइमा एउटा जादु छ।
झन रङ्गरोगन गरिदिएको छ
स्टूडियोमा भरेका संगीतहरुले
झुमेका छन् बोगी फुलमा श्रोताहरु
प्रभावशाली नेताका भाषणमा भन्दा बढी
त्यसैले त तिम्रा प्रस्तुतिहरु भाषणहरुपछि राखिन्छ ।
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...