×

NMB BANK
NIC ASIA

विप्लवको गाउँमा प्रहरीको खोजतलाश : बालबालिकाले अवरोध गर्दा सुरक्षाकर्मी ब्याक !

फागुन २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल- अर्धभूमिगत राजनीति गरिरहेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको गृहनगर कपिलवस्तुको शिवराज नगरपालिकामा प्रहरीले सर्च अभियान चलाएको छ ।

Muktinath Bank

विप्लवको पार्टीले देशभर चलाएको हिंसात्मक गतिविधि नियन्त्रणको प्रयास स्वरूप प्रहरी उनकै गाउँमा खोजतलासमा जुटेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसक्रममा गएराति शिवराज नगरपालिका वडा नं ९ अञ्चलपुर बस्ने वर्ष ३९ का दुर्गाबहादुर रोकालाई प्रहरीले हातियार सहित पक्राउ गरेको छ । प्रहरीका अनुसार उनी विप्लवको पार्टीमा आवद्ध छन् ।


Advertisment
Nabil box
Kumari

त्यसक्रममा रोकाको घरमा खनतलासी गर्दा एसएमजी बन्दुक दुई नाल त्यसमा लाग्ने म्याग्जिन ३ थान र ६८ राउन्ड गोली, चाइनिज पेस्तोल १ नाल तथा म्याग्जिन र ३ राउन्ड गोली, एम- 16 को १२९ राउन्ड गोली, वाइरिङ तार त रिमोर्टसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

Vianet communication
Laxmi Bank

उक्त गाउँमा अझै हतियार रहेको आशंकामा प्रहरीले भगवानपुरका शिक्षक यादव चन्दको घरमा छापा मार्न प्रयास गरेको थियो । तर स्थानीयले प्रतिरोध गरे । बालमैत्री स्थानीय शासन वडा घोषणा भएको भन्दै बालबालिकाहरूले प्रहरीलाई गाउँ प्रवेशमा रोक लगाए ।

बालबालिका र स्थानीयवासीको अवरोधपछि नेपाल प्रहरी र शसस्त्र प्रहरीका १ सय ६८ जवान गाउँबाट करीब एक किलोमिटर पछाडि हट्न बाध्य भए ।

प्रहरीले भगवानपुरको ५ घरमा खनतलासी गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यले बताए ।

प्रहरी अझै भगवानपुर नजिकै रहेको सुन्दरीडाँडा चौकी आसपासमा तैनाथ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x