×

NMB BANK
NIC ASIA

कैलालीबाट २ किलो २३२ ग्राम सुन र १० किलो चाँदीका भाँडाकुडा बरामद

फागुन २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – कञ्चनपुरमा ठूलो परिमाणमा सुन बरामदको भएको एक महिना बित्न नपाउँदै छिमेकी जिल्ला कैलालीको चिसापानीबाट बुधबार राति प्रहरीले २ किलो सुन बरामद गरेको छ ।

Muktinath Bank

२ किलो २३२ ग्राम सुन र करीब १० किलो चाँदीका विभिन्न सामग्री सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले बरामद गरेको सुन चाँदीसहित संलग्न व्यक्तिहरूलाई बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले १२ टुक्रा (२ किलो २३२ ग्राम) सुन, चाँदी बडर भएको काठको फ्रेम ४३ थान, चाँदीको टीकादानी १२ थान, चाँदीको करुवा १० थान, चाँदीको सतपाला ७ थान, चाँदीकाको आचमानी ३२ थान, चाँदीको पञ्चपाक ३२ थान, चाँदीको नागसहितको औंठी १८ थान बरामद गरी सार्वजनिक गरेको छ । त्यस्तै ओसारपसारमा प्रयोग भएको बा ११ च ७४१३ नम्बरको कार र ३ थान मोबाइल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले विशेष सूचनाका आधारमा जिल्लाको लम्कीचुहानगरपालिका– ३ चिसापानी प्रहरी चेक पोष्टमा चेक जाँचको क्रममा धनगढी उपमहानगरपालिका–१ का ४५ वर्षीय रमेशकुमार सैँजुले चलाएको बा ११ च ७४१३ नम्बरको कारभित्र सो सुन र चाँदी फेला पारेको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

सुनचाँदी ओसार पसारमा संलग्न सैँजु र कारमा सवार जिल्लाको कैलारी गाउँपालिका–५ कि २५ वर्षीया सीताकुमारी चौधरीलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

यद्यपि प्रहरीले थोरै परिमाणको सुनको बिल पनि भेटेको छ । थोरै रकमको बिलको आधारमा तस्करी भएको अनुमान प्रहरीको छ ।

बरामद गरिएको सुनचाँदी र संलग्न व्यक्तिहरूलाई थप अनुसन्धानका लागि विहीबार नै राजश्व अनुसन्धान विभाग मध्य तथा सुदूरपश्चिमाञ्चल कार्यालय कोहलपुर बाँके पठाउने तयारी थालेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x