×

NMB BANK
NIC ASIA

शिवम् सिमेन्टको ‘लक्ष्मी हातमा, देव दर्शन शिवमको साथमा’ योजनाको चौथो चरणको लक्की–ड्र सम्पन्न

फागुन २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं - “लक्ष्मी हातमा, देव दर्शन शिवम्को साथमा” उपभोक्ता योजना अन्तर्गत पुनः चौथो चरणको ६० भाग्यशाली कुपन विजेता मार्फत १२० जना विजेताहरुको नाम लक्की–ड्र गरी सार्वजनिक गरिएको छ । यस अघिनै पहिलो, दोस्रो र तेस्रो चरणको लक्की–ड्र गरी ३६० जना छनौटमा परिसकेका थिए । यस योजना अन्तर्गत भाग्यशाली विजेताहरुले काठमाडौं–गोसाईकुड–काठमाडौं हेलिकप्टर मार्फत देवदर्शन गर्ने अवसर प्राप्त गर्नेछन् ।

Muktinath Bank

चौथो चरणको लक्की–ड्र अन्तर्गत शिवम् सिमेन्ट्सले पत्रकारहरुको सहभागितामा आफ्नो आधिकारीक फेसबुक पेज मार्फत प्रतक्ष्य प्रसारण गरी पोखराबाट उक्त विजेताहरुको नाम सार्वजनिक गरिको थियो । यस अघिनै काठमाडौं, हेटौंडा र जनकपुरमा भएको लक्की–ड्र मा ३६० जना भाग्यशाली विजेताहरु छनौट गरिनुका साथै अधिकांश विजेताहरुले हेलिकप्टर मार्फत गोसाइकुण्ड देवदर्शन यात्रा गरि सकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस योजनामा हालसम्म २४० कुपन मार्फत ४८० जना छनौट भई सकेका छन् । यस योजना अन्र्तगत जम्मा ४८२ जना भाग्यशाली विजेताको छनौट गर्नुपर्ने भए तापनि उपभोक्ताहरुको उत्साहजनक सहभागिताका कारण काठमाडौं–गोसाईकुण्ड यात्रा अन्तर्गत २०२ जनाथप गरी ६८४ जना भाग्यशाली विजेताहरु छनौट हुनेछन, तसर्थ अझै १०२ कुपन अन्तर्गत २०४ जनाका लागि हेलिकप्टरबाट गोसाईकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

शिवम् सिमेन्टले यहि पुस ५ गते देखी “लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा” नामक उपभोक्ता योजना सार्वजनिक गरेको थियो जस अन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपन प्राप्त गरि हात खाली नहुने उपहार रु.१०० देखि १००० सम्म नगद र २.५० ग्राम देखि १० ग्राम सम्मको सुन समावेस गरिएको थियो भने सोहि कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखि काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की–ड्र मा भाग लिन सकिने व्यवस्था मिलाएको थियो । यस योजनाको छोटो समयमै ग्राहक महानुभावहरुले उल्लेख्य संख्यामा सहभागिता जनाई दिनु भएको थियो । 

Vianet communication
Laxmi Bank

छोटो समयमा उत्साह जनक रुपमा सहभागिता जनाई यस योजनालाई सफल पार्न सहयोग गरेकामा शिवम् सिमेन्टस् परिवार सम्पूर्ण ग्राहक वर्गहरुलाई हार्दिक धन्यवाद दिदैं अझै यस योजना अन्र्तगत क्गचभ क्जयत पुरस्कारमा करोडौंको नगद उपहार तथा सयौं तोला सुनका जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।

शिवम् सिमेन्ट लिमिटेडले नो कम्परमाइजको नारा सहितविभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापनएवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिकविश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट हो । 

सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथाशिवमप्लस सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

‘गुणस्तरको पहिचान हो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौं’, ‘क्वालिटीको मामलामा नो कम्परमाइज’, तथा ‘अटूट कम्प्रेसिभ स्ट्रेन्थ’ जस्ता मुल नाराका साथ अगाडी बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय बिक्रीवितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनाहरुमा आफ्नो योगदान दिन सफलभएको छ, जस्तै : काठमाडौं चक्रपथ विस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स हस्पिटल भवन निर्माण परियोजना, विभिन्न हाइड्रोपावर, पुल एवम् टनेल निर्माण प्रोजेक्टहरु इत्यादी । ISO: 9001, ISO:14001, OHSAS:18001, ISI, URS प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवातथा सुविधा दिदैँ आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x