×

NMB BANK
NIC ASIA

लामो समयपछि शेयर बजारमा उत्साह

फागुन २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- लामो समयपछि शेयर बजारमा उत्साह छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले बढेको हो । 

Sagarmatha Cement
Muktinath Bank

नेप्से परिसूचक कूल १६ दशमलव शून्य एक बिन्दुले बढेर एक हजार १२७ दशमलव ७७ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ४३ बिन्दुले बढेर २३९ दशमलव ७२ बिन्दुमा पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्टकका अनुसार आज कूल १७४ कम्पनीको ११ लाख ६८ हजार ३०४ कित्ता शेयर रु २९ करोड ३९ लाख ३८ हजार २०३ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये अनुत्पादन समूहको मात्रै शेयर घटेको छ । सो उपसमूहको शेयर १८ दशमलव ६९ बिन्दुले घटेको छ । यस्तै बैंकिङ १३ दशमलव ९२, होटल शुन्य दशमलव चार, विकास बैंक १७ दशमलव ९१, जलविद्युत् १७ दशमलव शुन्य चार, वित्त चार दशमलव ४१, निर्जीवन बीमा १०५् दशमलव २४, अन्य पाँच दशमलव ७३, लघुवित्त २२ दशमलव ११ र जीवन बीमा १५९ दशमलव ३२ बिन्दुले बढेको छ । 


Advertisment
Nabil box
Kumari

कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ९९ लाख २७ हजार १९०, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु एक करोड २८ लाख २८ हजार ५२६, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु एक करोड सात लाख ६४ हजार ५३८, प्रभु बैंक रु एक करोड चार लाख ६७ हजार ५३५ मूल्यमा अगाडि रहे । 

Vianet communication
Laxmi Bank

स्टकका अनुसार पूर्णिमा विकास बैंकका शेयरधनीले नौ दशमलव ९४ प्रतिशतले कमाएका छन् । यस्तै राधी विद्युत् कम्पनी आठ दशमलव ९२, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था आठ दशमलव शुन्य नौ, नेशनल हाइड्रोपावर कम्पनीका शेयरधनीले आठ दशमलव शुन्य छ प्रतिशतले कमाएका छन् । यस्तै घलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले चार दशमलव ६७, सेन्ट्रल फाइनान्स कम्पनी चार दशमलव ४६, कञ्चन डेभलपमेन्ट बैंक तीन दशमलव ८२ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले एक दशमलव ९८ प्रतिशतले गुमाएका छन् ।रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x