×

NMB BANK
NIC ASIA

सुँगुरको पाठाले फेरिँदै जीवन

फागुन २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बनियानी- बाह्र जनाको परिवार । घरमा काम गर्ने एक जना मात्र । हातमुख जोर्नदेखि बालबालिकाको पढाइलेखाइका लागि खर्च जोहो गर्नुपर्ने बाध्यता । यो अवस्था झापा हल्दिबारी–५ का वकिल सोरेन (सन्थाल)को पाँच वर्षअघिको हो । अहिले उहाँको दैनिक सहज बन्दै गएको छ । “गरीबसँग विश्वेश्वर’ कार्यक्रमबाट प्राप्त भएको एउटा सुँगुरको पाठी र रु पाँच हजार बीउ पूँजी उहाँको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । अहिले उहाँको जीवनस्तर क्रमशः फेरिँदै गएको छ । 

उहाँजस्तै हल्दिबारी–५ की ६२ वर्षीया विष्णुमाया तामाङलाई पनि यो कार्यक्रम वरदानजस्तै बनेको छ । कार्यक्रममार्फत बाख्राको पाठी र बीउ पूँजी त उहाँले पाउनुभयो र आयआर्जनका लागि तालीम र बचत गर्ने बानीको विकास पनि गरायो । झापामा पहिलोपटक विसं २०५७ मा कार्यक्रम लागू भएदेखि यो कार्यक्रमसँग जोडिनुभएकी उहाँ भन्नुहुन्छ, “हामीलाई जीवन जिउने आधार पाएका छौँ, बचत गर्ने बानीको पनि विकास भएको छ ।” 

उहाँहरुजस्तै झापामा करीब तीन हजार गरीब घरपरिवार यो कार्यक्रममार्फत लाभान्वित भएका गरीबसँग विश्वेश्वर कार्यक्रमका झापा संयोजक प्रकाश उप्रेतीले जानकारी दिनुभयो । झापामा चालू आर्थिक वर्ष २०७५/७६ मा यो कार्यक्रमका लागि रु २४ लाख बजेट आएको उहाँले बताउनुभयो । जिल्ला तत्कालीन १२ वटा गाविसमा यो कार्यक्रम लागू छ । 

झापाको ज्यामिरगढी, शान्तिगनर, गरामनी, दुवागढी, जलथल, बालुबाडी, सतासी, चकचकी, चारपाने, गौरादह, पाँचगाछी र जुरोपानीमा गरीबसँग विश्वेश्वर कार्यक्रम सञ्चालित छ । कार्यक्रमअन्तर्गत १२ स्थानमा १२ जना सामाजिक परिचालकसमेत खटिएका छन् । जलथलकी सामाजिक परिचालिका मीना उप्रेतीले २६७ महिला र तीन पुरुष गरी जलथलमा २७० जना गरीब परिवार लाभान्वित भएको बताउनुभयो । 

“गरीबीको रेखामुनि रहेका जनताका लागि यो कार्यक्रम प्रभावकारी बनेको छ”, उहाँले भन्नुभयो, “कार्यक्रमले लक्षित वर्गको जीवनस्तर उकास्न सहयोग मिलेको छ ।” कार्यक्रम राम्रो भए पनि न्यून बजेटका कारण केही असहजता सिर्जना हुने गरेको उहाँले बताउनुभयो । 

कार्यक्रमअन्तर्गत लक्षित वर्गका घरपरिवारलाई बाख्रा–सुँगुरको पाठापाठी, आयआर्जन तालीम, बचत गर्ने बानीको विकास, पाँच प्रतिशत ब्याजमा बीउ पूँजी उपलब्ध गराइने गरेको कार्यक्रम संयोजक उप्रेतीले बताउनुभयो । बीउ पूँजी तिरेपछि ब्याजसमेत फिर्ता हुने गरेको उहाँले जानकारी दिनुभयो । 

कार्यक्रमअन्तर्गतको बीउ पूँजीबापतको करीब रु २० लाख उठ्न बाँकी छ भने जिल्ला समन्वय समितिको खाता रोक्का भएपछि रु सात लाख रोकिएको छ । हल्दिबारी गाउँपालिका– ५ का वडाध्यक्ष होम चुडालले आगामी आर्थिक वर्षदेखि गरीबसँग विश्वेश्वर कार्यक्रमका लागि केही बजेट छुट्याइने बताउनुभयो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x