×

NMB BANK
NIC ASIA

सन्दर्भ : अन्तर्राष्ट्रिय महिला दिवस

बंगुरका पाठा स्याहारेर करोडपति बनिन् कला, महिनामै कमाउँछिन् एक लाख

फागुन २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी- अझै पनि कतिपय क्षेत्रमा ब्राह्मण समुदायले बंगुर पाल्नु त परै जाओस्, छुन समेत हुँदैन भन्ने मान्यता छ । यस्तो मान्यतालाई एक ब्राह्मण चेलीले चुनौती दिएकी छन् ।

Muktinath Bank

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुर भागवती टोलकी ३२ वर्षीया कलावती भट्टले तिनै सामाजिक मूल्य मान्यतालाई ठाडै चुनौती दिँदै हाल सफल बंगुरपालक कृषक बन्न सफल भएकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पहिला दमाईले मात्रै लुगा सिउँथे, आजभोलि सबैले सिउँछन्, सुनचाँदीको काम पनि सबैले गर्छन्, ठूला–ठूला उद्योग खोल्छन् भने हामीले बंगुर पालन गर्न किन नहुने ?’, परिवार र समाजबाट कतिको सहयोग पाउनु’भो, भन्ने जिज्ञासामा उनले पतिप्रश्न गरिन्– ‘शुरुवाती चरणमा केही असहयोग भए पनि आजभोलि सबैले सहर्ष स्वीकारे । काम गरेर कोही पनि सानो हुँदैन, नहुने काम गर्नु भएन ।’


Advertisment
Nabil box
Kumari

उनी होटल व्यवसायी पनि हुन् । होटलबाट खेर जाने खानेकुरालाई सदुपयोग गर्न पहिले उनले एउटा पोथी बंगुर पालेकी थिइन् । पोथीबाट जन्मिएका पाठाबाट केही आन्दानी पनि लिइन् । कम समय र कम लगानीमा आएको आन्दानीबाट उत्प्रेरित भई उनी बंगुर पालन व्यवसायमा लागिन् ।

Vianet communication
Laxmi Bank

उनले २०७० साल माघ २८ गते स्थानीय सुनबारा नदी किनारमा एक बिघा क्षेत्रफल जग्गामा ‘रिभर साइड पिग एण्ड एग्रो फर्म’को शुरुवात गरिन् । ४५ लाखको लगानीबाट शुरु गरेको उनको व्यवसाय हाल २ करोडको पुगेको छ ।

आफ्नो फर्ममा ७० वटा प्रजननयोग्य माउ, ५ वटा भाले र ५० वटा पाठा रहेको बताइन् । साथै उनले केही दिनकै फरकमा माउहरू ब्याउने गरेको बताउँदै भनिन्–‘हिजो (आइतबार) मात्रै एउटा माउले १० पाठा दियो ।’

ल्याण्डरेस, ड्युरोक, योर्क सायर, पाख्र्रीबास प्रजातिको बंगुरको पाठा उत्पादन गर्दै आएकी उनले महिनामा करिब १ सय बढी पाठा बिक्री गर्दै आएकी छिन् । जसबाट सबै खर्च कटाएर महिनामा १ लाख रुपैयाँसम्म बचत गर्दै आएको भट्टले जानकारी दिइन् ।

व्यवसायमा उनको श्रीमान गगनराज भट्टको साथ सहयोग रहँदै आएको छ । श्रीमान भट्ट बंगुरको फर्ममा बस्दै आएका छन् । आफू भने साँझबिहानको समयमा खोरको काममा लाग्दै आएको उनको भनाइ छ । व्यवसायले आकार लिँदै गएपछि उनले ४ जनालाई रोजगारी पनि दिन सफल भएकी छिन् ।

बंगुरको बजारको सम्भावना बढी भएको बताउने उनी बंगुर बजार प्रवर्द्धनसंगै बंगुरको मासुबारे पनि सचेतीकरण गर्दै आएकी छिन् । आफ्नो घरको सबैले बंगुरको मासु उपभोग गर्दै आएको बताउँदै उनले भनिन्– ‘बंगुरले सबै किसिमको पौष्टिक तत्वसहितको आहार पाएको हुन्छ । जसका कारण पनि यसको मासुबाट मानव शरीरलाई चाहिने पौष्टिक तत्वहरू पाइन्छ । म त भन्छु, यसको मासु पौष्टिकतत्वको हिसाबले सर्वोत्तम हो ।’

स्नातकोत्तर अध्ययनरत भट्टले बंगुरपालनसँगै तरकारी खेती पनि गर्दै आएकी छिन् । फर्मबाट निस्कने कम्पोष्ट मलको प्रयोग गर्दै उनले व्यावसायिक तरकारी खेती पनि गर्दै आएकी छन् ।

उनको व्यावसायिक क्षेत्र यतिमा मात्रै सीमित भएन, उनी सुनचाँदी, होटल आइएमई व्यवसाय समेत गर्दै आएकी छिन् ।

उनको कामप्रतिको लगनशीलता र मेहनतले राम्रै सफलता मिलेको छ । उनी नाम र दाम दुवै कमाउन सफल भएकी छन् । आइतबार मात्रै उनी क्षेत्रीय स्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भइन् । गतवर्ष उनलाई नेपाल भेटनरी एशोसियसनले ‘एनभिए वेष्ट पिग फर्म अवार्ड’बाट सम्मानित गरेको थियो ।

शुरुमा विनातालिम बंगुरपालनमा हात हालेकी उनले पछि भने थुप्रै तालिम लिइ केही विज्ञता हासिल गरेकी छिन् । फलतः आफूले आर्जन गरेको ज्ञानसीप आजभोलि अरुलाई समेत बाँड्दै व्यवसायतर्फ अग्रसर गराउने काम गर्दै आएकी छन् । 

उनी भन्छिन्– ‘गर्नेलाई स्वादेशमै सबथोक छ । लाज नमानी पसिना चुहाउने हो भने, काम खोज्दै विदेश जानै पर्दैन । तर विडम्बना घरमा आफ्नै जुठो भाँडा नमाझ्नेहरू विदेशमा गएर अर्काको जुठो भाँडा माझ्छन्, गोठाला बन्छन् ।’

-अर्काइभबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x