हलमा ‘खाग’ र ‘अदालत’

फागुन २४, २०७५

काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट दुई फिल्म ‘खाग’ र ‘अदालत’ प्रदर्शनमा आएका छन । 

चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन सहायक वार्डेन कमलजंग कुँवरद्वारा लिखित ‘गैडालाई चार वर्ष’ पुस्तकमा आधारित ‘खाग’ गैंडा संरक्षणको कथा हो । 


ADVERTISEMENT

 फिल्मलाई मनोज पण्डितले निर्देशन गरेका हुन् । फिल्ममा प्रवीण खतिवडा मुख्य भूमिकामा छन् । फिल्ममा खतिवडा लेखक कुँवरको भूमिकामा देखिएका छन । 

‘खाग’ एउटा इमान्दार एवं संघर्षशील व्यक्तिमा आधारित फिल्म हो । हाम्रो समाजमा रहेको भ्रष्टाचार र तस्करी रोक्न र त्यसबाट मुक्त हुन विरोध गर्ने मानिसको कथा फिल्मले बोल्छ । फिल्मको निर्मात्री प्रमिला कुँवर हुन् ।

फिल्ममा निर्देशक पण्डित, दीपा पन्त, पुष्कर गुरुङ, अशान्त शर्मा आदि कलाकारले अभिनय गरेका छन् । फिल्मलाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् भने पदम तिमल्सिनाले सम्पादन गरेका हुन । 

त्यस्तै आजबाटै प्रदर्शनमा आएको फिल्म ‘अदालत’ समाजमा घटिरहेका आपराधिक एवं संवेदनशील घटनाहरूलाई विषयबस्तु बनाएर निर्माण गरिएको फिल्म हो । 

फाल्गुनन्द लिङ्देन फिल्मसद्वारा निर्माण गरिएको फिल्मलाई दिनेश लिङ्देनले लेखन तथा निर्देशक गरेका हुन् । फिल्ममा एलिना बाँस्कोटा, राजकुमार क्षेत्री, मदन भुजेल, रुद्र पाहिम, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दीपक क्षेत्री, दिलिप ठकुरी लगायतको अभिनय छ ।

फागुन २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार