असोज ३, २०८०
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
काठमाडौं- प्रकाश खनालका पेशाले सरकारी शिक्षक हुन् । अर्घाखाँचीका खनाल पछिल्लो समय युवा पुस्तामाझ चिनिएका गजलकार तथा मुक्तककार हुन् । तिनै खनालका १० मुक्तकहरू तल प्रस्तुत गरिएको छ :
छैन ओठमा हाँसो पिर भएर हो
मुटुभित्र यादहरू स्थिर भएर हो
कसैगरी तिमीलाई भुल्न नसकेको,
देखिइरहने तिम्रो तस्वीर भएर हो ।
थाहा नै नदिई यो काम बारबार भएछ
कसैबाट ममाथि यसरी अत्याचार भएछ
हिजो जो आएर मुटुमा बास गरेको थ्यो,
आज उही मुटु लिएर फरार भएछ ।
भोलि बिहानै बजारमा अखबार आउनेछ
खोजेर पढ्नु कतै मेरो अनुहार आउनेछ
कठैबरा उ मरेछ एउटा प्रेमिकाको यादमा
गृहपृष्ठमा मेरो मृत्युको समाचार आउनेछ ।
न हतियार हो न यसमा धार हुन्छ
तर यसबाट निकै ठूलो प्रहार हुन्छ
याद गर्नुस् यो जिब्रोले दिएको चोट
न निको हुन्छ न कतै उपचार हुन्छ।
लौन मेरो लागि यति बनाइदे विज्ञान
चुक्ता गर्छु भनेजति बनाइदे विज्ञान
कसैगरी सकिएन यी यादहरू भुल्न,
याद भुलाउने ओखति बनाइदे विज्ञान ।
त्यो अन्तिमपल्ट लेखिएको खत हुनेछ
जब खोलेर हेर्छौं छाती भतभत हुनेछ
मेरो सम्पूर्ण वृतान्त लेखेर पठाएको छु
तर अक्षरमा मसी होइन रगत हुनेछ ।
प्रदेशीको खबर कोही लिएर आउनेछ
जब सुन्नेछौ मुटु भक्कानिएर आउनेछ
अलबिदा प्यारी भन्दै रगतले लेखिएको
अन्तिम खत धागोले बाँधिएर आउनेछ ।
आयो यसरी नै निरन्तर बदलामा आयो
नआउनुपर्ने चिज अक्सर बदलामा आयो
यताबाट बारम्बार मैले मुटु पठाइरहेँ
तर उताबाट सधै पत्थर बदलामा आयो ।
डाक्टर भन्छ सम्भवत: यही हुनुपर्छ
म त भन्छु शतप्रतिशत यही हुनुपर्छ
एक्स-रे गर्दा मुटुमा दाग भेटियो
पक्कै मायाले दिएको खत यही हुनुपर्छ ।
हो त्यतिबेला शोकाकूल घडि आउनेछ
एउटा मुर्दा जहाज हुँदै झुपडी आउनेछ।
धनसँगै खुशी लिन गएको तिम्रो मान्छे
कठै खाडीबाट बाकसमा सडि आउनेछ।
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...