×

NMB BANK
NIC ASIA

बुटवल- नेपालको जनसंख्या हेर्ने हो भने पुरुषको भन्दा बढी महिलाको संख्या रहेको छ । तर स्थानीय निकायदेखि राज्यका हरेक निकाय र क्षेत्रमा पुरुषको संख्या निकै धेरै रहेको छ । नेपालको कानूनअनुसार आधारभूत आवश्यकता र निकै महत्वपूर्ण मानिएको शिक्षाक्षेत्रमा पनि महिला सहभागिता मात्र नभई नेतृत्वसमेत रहेको छ ।

Muktinath Bank

नेपालको शिक्षामा महिला पहुँच बढ्न थालेको धेरै समय भएको छैन । शिक्षा आधारभूत आवश्यकता मात्र होइन । यो निकै महत्वपूर्ण र संवेदनशील क्षेत्र हो । यसको विकासले समग्र राष्ट्रलाई योगदान पुर्‍याउँछ । विगत एक दशक यता शैक्षिक हवको रूपमा स्थापित र परिचत हुन सफल रुपन्देहीको शैक्षिक क्षेत्रमा केही उदाहरणीय कर्मशील, लगनशील र नेतृत्वदायी क्षमता भएका शैक्षिक महिला व्यक्तित्व रहेका छन् । भनिन्छ, यदि पुरुष शिक्षित भए ऊ मात्र शिक्षित हुन्छ तर महिला शिक्षित भए पुरै परिवार र समाज शिक्षित बन्दछ । यस्तै शिक्षित र समाजलाई शिक्षित बनाउन लागेका महिलाहरू :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 शारदा ज्ञवाली : प्रधानाध्यापक-स्ट्याण्डर्ड बोर्डिङ स्कूल


Advertisment
Nabil box
Kumari

शारदा ज्ञवाली शैक्षिक क्षेत्रमा निकै पुरानो नाम हो । उनी न्यू स्ट्याण्डर्ड बोर्डिङ स्कूल बुटवल–१५ नयाँ गाउँकी प्राचार्य हुन् । विद्यालयको स्थापनाकाल वि.सं.२०४९ सालदेखि निरन्तर प्राचार्यको भूमिका निर्वाह गर्दै आएकी उनले शिक्षा क्षेत्रबाहेक कहिल्यै अन्य क्षेत्रको कल्पना पनि गरिनन् । अहोरात्र विद्यालय र विद्यार्थीका लागि खट्ने ज्ञवालीले यस क्षेत्रमा निकै संघर्ष गरेकी छन् । ५३ वर्षीया ज्ञवाली गुल्मीको हुसरामा जन्मेकी हुन् । 

Vianet communication
Laxmi Bank

जसअनुसार केही वर्षपछि वि.सं.२०४९ सालमा उनकै पहलमा न्यू स्ट्याण्डर्ड इ.बोर्डिङ्ग स्कूल स्थापना भयो । ३० जना विद्यार्थीबाट शुरू भएको उनको विद्यालयलाई अघि बढाउन निकै चुनौती थिए । पुरुषप्रधान समाजमा महिला अग्रसरता अपाच्य हुने र अन्य शैक्षिक संस्था पुरुषहरूले चलाएको हुँदा उनको के भर भनेर अभिभावकलाई भड्काउने गरेको उनको तितो अनुभव रहेको छ । २०५६ सालबाट मा.वि तहको अनुमति पाएको उक्त विद्यालयमा उनले २०६५ बाट प्राचार्यको जिम्मेवारी ग्रहण गरेकी थिइन् ।

भाडामा शुरू गरेको विद्यालयलाई स्थापित गर्न, गुणस्तर प्रदान गर्न र निरन्तरता दिन निकै जटिल समस्या रहेको बेला उनले आफ्नौ पैतृक सम्पत्ति बैंकमा राखी जग्गा खरिद गरिन् र विद्यालयभवन निर्माण गरेकी थिइन् । समयको क्रम र शिक्षामा भएको विकास र आवश्यकताअनुसार थप चुनौतीको सामना गर्दै विद्यालय र आफूलाई अंघि बढाएकी ज्ञवालीले आलोचना र अस्वस्थ प्रतिष्पर्धा गर्ने अन्य शैक्षिक संस्थाको सामना गर्दै  विद्यालयलाई गुणस्तरीय बनाएकी छन् । विद्यालय अनुसाशित, दक्ष र सक्षम विद्यार्थी उत्पादन गर्न सफल भएको छ । उनले स्थापना र सञ्चालन गर्दै आएको विद्यालयले ३० जनालाई रोजगारी प्रदान गर्दै आएको छ भने हाल ६०० विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

सरल, मिजासिली र कर्मठ स्वभावकी ज्ञवालीले विद्यालयलाई घर, कर्मचारीलाई सदस्य र विद्यार्थीलाई सन्तान मानी सोही अनुरुप व्यवहार गर्छिन् । उनको सरल सहयोगी व्यवहारका कारण त्यहाँ कार्यरत शिक्षक–कर्मचारीहरू लामो अवधिसम्म पनि निरन्तर सोही संस्थामा कार्यरत रहेका छन् । सम्भवतः उनले विद्यालय शुरू गर्दा अन्य विद्यालय र अभिभावकमा यसले विद्यालय छोडेर जान्छे, तपाई–हाम्रा बाल–बालिकाको भविष्य अन्यौलमा पर्छ भन्ने आरोपका कारण उनी अविवाहित नै रहेर विद्यालयलाई अंघि बढाउँदै आएकी छन् । उनको विद्यालयले निरन्तर गुणस्तरीय नतिजा प्राप्त गर्दै आएको छ ।

अञ्जना राना : प्रधानाध्यापक–स्काइल्याण्ड बोर्डिङ्ग स्कूल

हँसिलो मुहार र सक्रिय देखिने ५० वर्षीया अञ्जना राना रुपन्देहीको तिलोत्तमा –२ ड्राइभर टोलस्थित स्काइल्याण्ड बो.हाई स्कूलकी प्राचार्य हुन् । भारतको मनिपुरमा जन्मेकी उनले आफूले विद्यालय पढ्दादेखि नै अरूलाई पढाउने गर्थिन् । उनको रूचि साना विद्यार्थीलाई ट्युसन पढाउने थियो । एस.एल.सी उत्तीर्ण भएपछि  विद्यालयमा नै शिक्षण पेशा शुरू गरेकी उनी विवाहपछि नेपाल आउनु परेको थियो ।

नेपाल आएपछि उनका परिवारका सदस्यहरू मिलेर वि.सं.२०५६ सालमा स्काइल्याण्ड बोर्डिङ्ग स्कूल स्थापना गरेका थिए । उनले भारतमा रहँदा प्राप्त गरेको ५ वर्षको विद्यालय–शिक्षण–अनुभवलाई प्रयोग गर्दै उक्त विद्यालयमा अध्यापन शुरू गरिन् । पहिलो वर्ष ३५ जना विद्यार्थीहरूबाट शुरू गरेको उक्त विद्यालयका यात्रामा विस्तारै उनका अन्य सहयोगी टाढिंदै गए । उनले हिम्मत हारिनन् । तर पनि उनले आफ्नो कामलाई निरन्तरता दिँदै गइन् । 

उक्त विद्यालयले वि.संं.२०६३ सालदेखि मा.वि.तहको यात्रा शुरू गर्‍यो । मा.वि तहको अध्ययन–अध्यापन शुरू गरेको विद्यालयले निरन्तर शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल हुँदै आएको छ । विद्यालयले यस क्षेत्रमै पहिलोपटक विद्यार्थीको लागि स्विमिङ पुलको निर्माण गरेको थियो । श्रीमान शुक्र राना प्रबन्ध निर्देशक रहेको उनको विद्यालयमा उचित भौतिक पूर्वाधार रहेको छ । उचित भवन, खुल्ला खेल मैदान, व्यवस्थित यातायातका साधन आदि रहेका छन् । विद्यालयस्तरबाट शिक्षण पेशा शुरू गरेकी रानालाई यहाँसम्म आउन निकै चुनौतीको सामना गर्नुपरेको थियो । शिक्षाजस्तो महत्वपूर्ण र संवेदनशील क्षेत्रमा स्थापित भई टिक्नको लागि धेरै संघर्ष गर्नुपर्‍यो । जीवनका ३ दशकभन्दा बढी समय यसै क्षेत्रमा व्यतित गरेकी अञ्जना अझै पनि निकै सक्रिय छन् । ‘सास रहँदासम्म आस हुन्छ भन्छन् त्यसैले मर्ने बेलासम्म पनि यसै क्षेत्रमा काम गर्छु’ हाँस्दै उनले भनिन् । आफ्नो पेशा, विद्यालय र नतिजाबाट सन्तुष्ट रहेकी रानाले आगामी दिनमा उच्च मा.वि तहका कक्षा सञ्चालन गर्ने योजना बनाएकी छन् ।

३० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको उनको विद्यालयमा ५०० जना विद्यार्थी अध्ययनरत छन् । स्थापनाकालदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उनको विद्यालयबाट उत्कृष्ट विद्यार्थी उत्पादन भएका छन् । ०७० मा उनको विद्यालयबाट विद्यार्थी विजय शाह जिल्ला स्तरीय परीक्षामा रुपन्देही प्रथम भएका थिए भने अञ्जनी खड्का स्टार्फ नर्सको परीक्षामा नेपाल प्रथम भएकी थिइन् ।

सीता पाण्डे : प्रधानाध्यापक– तिनाउ बोर्डिङ स्कूल 

सीता पाण्डे बुटवल–१३ देवीनगर स्थित तिनाउ बोर्डिंग स्कूलकी प्रधानाध्यापक हुन् । ४१ वर्षीया पाण्डे शिक्षण पेशामा आबद्ध भएको दुई दशकभन्दा बढी भएको छ । उनले विद्यालयको नेतृत्व गर्न शुरू गरेको पनि २ वर्ष भयो । उनले कपिलवस्तुको पिपरा मा.वि.बाट विद्यालयस्तर, सिद्धार्थ गौतम बुद्ध  क्याम्पसबाट उच्च मा.वि र बुटवल बहुमुखी क्याम्पस बुटवलबाट शिक्षा संकायमा स्नातक तह उत्तीर्ण गरेकी छन् । युवावस्थादेखि नै समाज सेवामा रुचि राख्ने पाण्डेले शैक्षिक क्षेत्रलाई समाज सेवाको उचित माध्यम ठानेर यस क्षेत्रमा प्रवेश गरेको बताउँछिन् । तिनाउ बोर्डिङ स्कूल यस क्षेत्रका अग्रणी र उत्कृष्ट विद्यार्थी उत्पादन गर्ने निजी विद्यालय अन्तर्गत पर्दछ । सो विद्यालय उनका श्रीमान् यज्ञमूर्ति पाण्डेले व्यवस्थापन गर्दै आएका थिए । पछिल्लो समयमा उनले श्रीमती सीता पाण्डेलाई सम्पूर्ण शैक्षिक जिम्मेवारी प्रदान गरेको  बताएका छन् ।  

उनी आफ्नो कार्यालयमा कम र अध्ययन–अध्यापन तथा विद्यार्थीको हेरचाहमा बढी लाग्ने गरेको विद्यालयका शिक्षकहरू बताउँछन् । कुनै पनि क्षेत्रमा लाग्नुभन्दा अंघि व्यक्तिले आफ्नो क्षमता बुझ्न आवश्यक रहेको उनी बताउँछिन् । भन्छिन्, 'इच्छाशक्ति प्रमुख आधार हो । यदि महिलाले चाहने हो भने जे पनि गर्न सक्छन् ।’

सावित्रा अर्याल : अध्यक्ष–महिला साधना विद्यालय, बुटवल

यस क्षेत्रमै पहिलोपटक महिलाहरूका लागि विशेष विद्यालय अर्थात् महिला विद्यालय सञ्चालन गर्ने सावित्रा अर्याल साधना महिला विद्यालय बुटवलकी अध्यक्ष हुन् । विं.सं.२०६३ सालदेखि सञ्चालनमा आएको उक्त विद्यालयको स्थापनाकालदेखि निरन्तर अध्यक्षको भूमिका निर्वाह गर्दै आएकी छन् । विभिन्न कारणवश विद्यालय अध्ययन गर्न नपाएका अन्य महिला र गृहणीहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त विद्यालयमा हाल १५० जना महिला विद्यार्थी रहेका छन् । ३० को दशकमा ५ वर्ष विद्यालयमा शिक्षण गरी सामाजिक सेवामा प्रवेश गरेकी उनी यसै विद्यालयमार्फत पुनः यस क्षेत्रमा प्रवेश गरेकी हुन् । विद्यालयमा कक्षा थप गर्नु पर्ने रहेको बताउँदै आगामी दिनहरूमा उच्च मा.वि.सञ्चालन ल्याउने योजना रहेको उनले बताइन् ।

रुपा डुम्रे : प्रधानाध्यापक–ड्रिम भिजन स्कूल अफ फर्सटिकर

शिक्षा क्षेत्रमा विशेष योगदान पुर्‍याए वापत राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित भइसकेकी रुपा डुम्रे ड्रिम भिजन स्कूल अफ फर्सटिकरकी प्राचार्य हुन् । ३० वर्षिया रुपाले एम.बि.एस.सम्म अध्ययन गरेकी छन् । लामो समयदेखि शिक्षण पेशामा आबद्ध उनले नेतृत्व गरेको ड्रिम भिजन स्कूल अफ फर्सटिकर ग्रामिण भेगमा रहेर उत्कृष्ट नतिजा ल्याउने विद्यालय अन्तर्गत पर्दछ । विद्यालयलाई अनुशासित पूर्ण शैक्षिक मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउँदै आएकी डुम्रेले अधिकांश समय विदालयलाई प्रदान गर्दै आएकी छन् ।

सानैदेखि चित्रकलामा रूचि राख्ने डुम्रेले विद्यार्थीहरुको क्षमता पहिचान गरी उनीहरूलाई पृष्ठ पोषण गर्दै प्रोत्साहन गर्दछिन् । उनी एक छोरीकी आमा पनि हुन् । श्रीमान चुडामणि डुम्रेको विशेष साथ र विद्यालय परिवारको सहयोगले नै विद्यालयको सफलतामा आफ्नो सफलता भएको उनी बताउँछिन् ।

गंगाकुमारी भण्डारी : प्रधानाध्यापक – आवर पिस ल्याण्ड एकेडेमी

३५ वर्षिया गंगाकुमारी भण्डारी आवर पिस ल्याण्ड एकेडेमी बुटवलकी प्रधानाध्यापक हुन् । विगत १३ वर्षदेखि शिक्षण पेशामा आवद्ध भएकी भण्डारीले पछिल्लो समयमा विद्यालयको शैक्षिक नेतृत्व गरेकी छन् । बुटवल बहुमुखी क्याम्पस बुटवलबाटशिक्षा संकायमा स्नातक तहको अध्ययन गरेकी भण्डारीले नेतृत्व गरेको आवर पिस ल्याण्ड एकेडेमीमा करिब चार सय विद्यार्थी रहेका छन्  भने ३० जना कर्मचारी रहेका छन् ।भण्डारी सक्रिय र जिम्मेवारीका साथ विद्यार्थीको र विद्यालयको  स्तर वृद्धिका लागि लााग रहन्छिन् ।

मिरा शर्मा : कार्यकारी निर्देशक– बुटवल पब्लिक स्कूल

यस क्षेत्रमै पहिलोपटक 'ए' लेभलका कक्षा सञ्चालन गर्ने बुटवल पब्लिक स्कूल तिलोत्तमा –३ मा कार्यकारी निर्देशक हुन् मिरा शर्मा । भारतमा जन्मेर भारत मै आईएससी अध्ययन गरेकी शर्मा विगत १६ वर्षदेखि शिक्षा क्षेत्रमा सक्रिय छन् । ४८ वर्षिया शर्मा उक्त विद्यालयकी संस्थापक प्रिन्सिपल हुन् । हाल उनका श्रीमान हेमलाल शर्मा उक्त विद्यालयका अध्यक्ष छन् । तिलोत्तमा नगरपालिकामा रहेर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयमा हाल 'ए' लेभलका कक्षाहरू पनि सञ्चालन हुन्छन् । उनको विद्यालयमा १४०० विद्यार्थी अध्ययनरत छन् भने १३० कर्मचारी कार्यरत छन् । सानैदेखि बालबालिकासँग खेल्न रुचाउने शर्मा अधिकांश समय विद्यालयको व्यवस्थापनमा र विद्यार्थीसँग बिताउने गर्दछिन् ।

लक्ष्मी गुरुङ : प्रधानाध्यापक- लक्ष्मी मा.वि.

शिक्षा क्षेत्रमा लक्ष्मी गुरुङ पनि चिरपरिचित नाम हो । उनी बुटवल लक्ष्मीनगर स्थित लक्ष्मी मा.वि.की प्रधानाध्यापक हुन् । विगत दुई दशकदेखि निरन्तर शिक्षण गर्दै आएकी गुरुङ्गले एक दशकदेखि हालसम्म प्राचार्यको भूमिका निर्वाह गर्दै आएकी छन् ।
 
इन्दिरा गुरुङ : प्रधानाध्यापक- सिद्धि चिल्ड्रेन एकेडेमी

बुटवलस्थित सिद्धि चिल्ड्रेन एकेडेमीकी प्राचार्य इन्दिरा गुरुङ पनि विगत दुई दशकदेखि शिक्षा क्षेत्रमा आबद्ध रहँदै आएकी छन् । उनले दुई दशकदेखि नै विद्यालयको पठनपाठन सम्हाल्दै आएकी छन् ।

उल्लेखित केही महिलाहरू शिक्षा क्षेत्रका अग्रणी महिलाहरूको उदाहरण मात्र हो । पछिल्लो समयमा शिक्षा क्षेत्रमा महिला नेतृत्व र सहभागिता निकै बढ्दो छ । यो पेशा सामाजिक दृष्टिकोणमा बढी सम्मानीय र सुरक्षित मानिने हुँदा पनि आकर्षण बढ्दो देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x