×

NMB BANK
NIC ASIA

बैंक ग्यारेन्टीको आधारमा पेट्रोलियम पदार्थ उपलब्ध गराऊ !

फागुन २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल- पेट्रोलियम पदार्थ बिक्रेताहरुले नेपाल आयल निगमले बैंक ग्यारेन्टीको आधारमा व्यवसायीलाई पेट्रोलियम पदार्थ उपलब्ध गराउनुपर्ने माग गरेका छन् । व्यवसायीले साविकमा विक्री गरेको तथ्यांकका आधारमा बैंक ग्यारेन्टीबाट पेट्रोलियम पदार्थ उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन् ।

Muktinath Bank

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनको १५ औं वार्षिक साधारण सभामा शनिवार रुपन्देहीको मणिग्राममा बोल्दै पेट्रोलियम व्यवसायीले यस्तो माग गरेका हुन् । कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमको पुनर्संरचना गर्ने काममा आफू लागिरहेको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यकारी निर्देशक पौडेलले निगममा हुने गरेका विकृति, विसंगतीको अन्त्य गर्दै निगमका हरेक कारोवारलाई पारदर्शी बताउने प्रतिबद्धता व्यक्त गरे । उनले आयल निगममा समस्या रहेको स्वीकार गर्दै यसको उपचार खोजिरहेको बताए । ‘निगम पनि अहिले रोगले थलिएको छ, तर निको नहुने क्यान्सर नै लागेको भने होइन,’ पौडेलले भने, ‘निगमलाई लुतो रोग लागेकाले यसको उपचार संभव छ र प्रयास भइरहेको छ ।' 


Advertisment
Nabil box
Kumari

उनले निगमका गतिविधिलाई प्रभावकारी बनाउने योजना पनि आफूले अगाडि सारेको उल्लेख गरे । निगमको सुधारको लागि शून्य सहनशीलताको नीतिलाई कडाईका साथ लागू गर्ने कार्यकारी निर्देशक पौडेलको भनाइ छ । मुलुकलाई परी आउने समस्या समाधान गर्न र पेट्रोलियम पदार्थको बढ्दो मागलाई व्यवस्थापन गर्न भण्डारण क्षमता वृद्धि अहिलेको पहिलो प्राथमिकता हुनुपर्ने उनले बताए ।

Vianet communication
Laxmi Bank

भण्डारण क्षमता वृद्धिका लागि नेपाल आयल निगमले दुई वर्षदेखि माग मूल्यांकन गरी ७ वटै प्रदेशमा ९० दिनको भण्डारणका लागि पूर्वाधार विकासको काम सुरु गरेकोमा पूर्वाधार विकासका लागि किनिएको जग्गामा अनियमितता भएको पाइएपछि यो कामले गति लिन नसकेको उनको भनाई छ ।

उनले अहिले भारतसँग मात्रै ६८ प्रतिशत व्यापार रहेकोमा १३ प्रतिशत पेट्रोलियम पदार्थले ओगटेको उल्लेख गर्दै पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि पेट्रोलियम पदार्थको आयात प्रतिष्थापन गर्नैपर्ने बताए । ‘अव विद्युतीय सवारी साधनको प्रयोगमा जानुपर्छ, यसका लागि हरेक पेट्रोलियम डिलर्सले आ–आफ्नो क्षेत्रमा चार्जिङ स्टेशन राख्नुपर्छ’ उनले भने । उनले पेट्रोलियम पदार्थमा गरिएको लकिङ प्रणालीलाई साझा अभियानका रुपमा अघि बढाउन व्यवसायीलाई आग्रह गर्दै डिपोदेखि डिलर्स सम्मको लकिङ प्रणाली पनि व्यवसायीले अपनाउँछन् भने निगम बजेट दिन तयार रहेको बताए ।

कार्यकारी निर्देशक पौडेलले भैरहवामा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजका लागि पेट्रोलियम पदार्थ फिलिङका लागि स्थान नै व्यवस्थापन नगरिएकोले त्यसतर्फ गम्भीर बन्न जरुरी रहेको बताए  ।

विमानस्थल बन्दा नै ख्याल गरिएन भने संचालनका क्रममा विकराल समस्या पर्ने उनले बताए । कार्यक्रममा बोल्दै नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका केन्द्रीय अध्यक्ष लिलेन्द्र प्रधानले इन्धन ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउन माग गरे । पेट्रोलियम व्यवसाय सेवामूलक व्यवसाय भएकाले लागत अनुसारको प्रतिफल पाउनुपर्ने भन्दै उहाँले व्यवसायीका समस्या समाधानमा निगमको ध्यानाकर्षण गराए  ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x