म कोर्छु गीत, शब्दको सुवासभरि हुन्छिन् (गीत)

फागुन २६, २०७५

डा. रामकृष्ण आचार्य

म कोर्छु गीत, शब्दको सुवास भरी हुन्छिन्,
गाउँछु संगीत, माधुर्यको मिठास भरी हुन्छिन् ।


ADVERTISEMENT

एकान्तमा पाना भरी उनकै नाम लेख्छु,
झकाउँछु आँखाहरु उनकै रुप देख्छु,
मेरो बाँच्ने आधार उनी, श्वास भरि हुन्छिन् ।
गाउँछु संगीत, माधुर्यको मिठास भरी हुन्छिन् ।
म कोर्छु गीत, शब्दको सुवास भरी हुन्छिन्,

उनी सँगै सपनाको सुन्दर संसार बुन्छु,
पाए देखि लाखौं जूनी उनी सँगै हुन्छु,
निराशा सब मेटाएर , आशा भरी हुन्छिन् ।
गाउँछु संगीत, माधुर्यको मिठास भरी हुन्छिन् ।
म कोर्छु गीत, शब्दको सुवास भरी हुन्छिन्।

फागुन २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार