×

NMB BANK
NIC ASIA

१३ औं साग पोखरामा सञ्चालन गर्न सरकारले तयारी थालेको छ : मन्त्री विश्वकर्मा

फागुन २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा- युवा तथा खेलकुद विकास मन्त्री जगत बहादुर विश्वकर्माले १३ औं दक्षिण एशियाली खेलकुद (साग) पोखरामा सञ्चालन गर्ने गरी सरकारले आवश्यक तयारी थालेको बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

लामो समयको प्रतिक्षापछि पोखरा फूटबल स्टेडियमको आइतवार शिलान्यास गर्दै मन्त्री विश्वकर्माले २०७६ असार मसान्तभित्र निर्माणको काम सम्पन्न गरेर १३ औं दक्षिण एशियाली खेलकुद (साग) सञ्चालन गर्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सरकारले दक्षिण एशियाली खेलकुद (साग) सञ्चालन गर्ने उद्देश्यले अगामी असार मसान्तसम्ममा फूटबल स्टेडियमको काम सम्पन्न हुने गरी निर्माण प्रक्रिया अगाडी बढाइएको छ,’ उनले भने, 'तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न दुई जोइन्ट भेन्चर कम्पनीलाई जिम्मेवारी दिइएको छ ।’


Advertisment
Nabil box
Kumari

मन्त्री विश्वकर्माले पोखरा रंगशालामा महत्वपूर्ण पूर्वाधार विकासको शुरूवात भएको बताउँदै काम सम्पन्न गर्न ठूलो इच्छाशक्ति आवश्यक रहेको बताए । उनले समयमै काम सम्पन्न गर्न पोखरेली खेल प्रेमीहरूले निर्माण कम्पनीलाई वातावरण बनाइदिन आग्रह गरे । ‘निर्माण कम्पनीले पनि अपेक्षाअनुसार काम अगाडि बढाउनोस्,’ उनले थपे, 'तपाईंहरूलाई जुन अपेक्षासहित निर्माणको जिम्मा दिइएको छ, त्यसैअनुसार काम सम्पन्न गरेर उदारणीय बन्नुहोस् ।’

Vianet communication
Laxmi Bank

मन्त्री विश्वकर्माले पोखराले खेलकुद क्षेत्रबाट मुलुकको समृद्धि हासिल गर्ने बताउँदै यस क्षेत्रको प्राकृतिक सम्पदाहरूले समेत थप योगदान गरेको बताए ।  

गण्डकी प्रदेशका सांसद राजीव पहारीले पोखरा खेलकुदको राजधानी भएको बताउँदै यहाँ निर्माण सम्पन्न हुने अन्तर्राष्ट्रिय विमानस्थललगायतका पूर्वाधार निर्माणले पोखरालाई अन्तर्राष्ट्रिय स्पोर्टस सिटीको रूपमा विकास गरिनुपर्ने अवस्था सृजना गरेको बताए । 

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले रंगशालालाई खेलाडीको भाग्य र भविष्यको सुनिश्चित गर्ने खालको रंगशाला बनाउनु पर्नेमा जोड दिए । ‘कसरी रंगशाला प्यारापिटको काम छिटो सम्पन्न गर्न सकिन्छ, त्यसतर्फ सबैको ध्यान पुग्नुपर्छ,’ उनले भने, 'यस रंगशालालाई नेपालकै स्पोर्टस कम्पेलेक्सको रूपमा विकास गरिनुपर्छ ।’

१ अर्ब २८ करोड लागतमा निर्माण प्रक्रिया अगाडि बढाइएको फूटबल स्टेडियम २०७६ असार मसान्तभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य रहेकोे छ । रंगशालाको दर्शक क्षमता १८ हजार ५ सयको हुनेछ भने एथलेटिक्सका लागि ८ लेनको सिन्थेटिक स्पर्ट बनाइनेछ ।  

रंगशालाको निर्माणको लागि भारतको ग्रेट स्पोर्टस् इन्फ्रा प्रा. लि. र काठमाडौं एमए कन्सट्रक्सन प्रा. लि. ले जोइन्ट भेन्चरमा गर्न लागेको हुन् ।

आगामी मंसिरमा दक्षिण एशियाली खेलकुद अन्तर्गतको महिला फूटबल पोखरा रंगशालामा आयोजना हुने छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x