×

NMB BANK
NIC ASIA

कर्णाली प्रोजेक्ट प्याकेज ‘ए’को काम ५२ प्रतिशत सम्पन्न

फागुन २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंक कम्युनिकेशन्सले कर्णाली प्रोजेक्ट अन्तरगत प्याकेज ‘ए’को काम ५२ प्रतिशत सम्पन्न भइसकेको जानकारी गराएको छ । वल्र्ड लिंकले कर्णाली प्रोजेक्ट अन्र्तगत प्याकेज ए मा इन्टरनेट सेवालाई हुम्ला, जुम्ला, मुगु र डोल्पासम्म पु¥याउने कार्य ५२ प्रतिशत सम्पन्न भइसकेको जानकारी गराएको हो ।
पब्लिक वाईफाई प्रोजेक्ट अन्र्तगत निशुल्क रुपमा इन्टरनेटको पहँुचलाई पशुपति विकास क्षेत्र, बौद्घ, शङ्ख पार्क, बालाजु बाईसधारा, स्वयम्भू, वसन्तपुर, एयरपोर्ट एवं पोखरा र विरगञ्ज महानगरपालिका कार्यलय लगायतका महत्वपूर्ण स्थलहरुमा नियमित रुपमा सेवा दिँदै आएको र आगामी दिनहरुमा अझ प्रभावकारी ढगंले नयाँ नयाँ स्थलहरुमा यस्तो सेवा प्रदान गर्ने योजना रहेको वल्र्ड लिंकले जानकारी दिएको छ ।
त्यस्तैगरी, काठमाडौं शहरको सुन्दरताको साथमा इन्टरनेटका तारहरुको व्यवस्थापनलाई मध्यनजर गरी अगाडि बढाईएको वायर म्यानेजमेन्ट प्रोजेक्टले काठमाडौं शहरभित्र रहेका अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्ने योजना अनुरुप पहिलो चरणमा त्रिपुरेश्वर देखि महाराजगञ्ज सम्म तार व्यवस्थित गर्ने कार्य भइरहेको छ । दाश्रो चरणमा बालुवाटार देखि माइतिघर सम्मका क्षेत्रहरुमा रहेका अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्ने योजना अनुरुप हालसम्म त्रिपुरेश्वर बाट पानिपोखरी सम्मको कार्य सम्पन्न भइसकेको वल्र्ड लिंकले जानकारी दिएको छ ।

Muktinath Bank

कर्णाली प्रोजेक्ट अन्र्तगत प्याकेज ए र प्याकेज बि बाँकी कार्य निरन्तर अगाडि बढिरहेको छ । कर्णाली प्रोजेक्टको प्याकेज बि मा इन्टरनेट सेवालाई रोल्पा, रुकुम, जाजरकोट र कालिकोट सम्म पु¥याइने कार्य शतप्रतिशत सम्पन्न भइसकेको वल्र्ड लिंकको भनाई छ ।
वल्र्ड लिंकले यस्तो किसिमको प्रोजेक्ट प्रदेश नं.४ का लमजुङ, तनहुँ, पर्वत, कास्की र स्याङ्जामा पनि सञ्चालन गर्ने भएको छ । प्रोडक्टमा निरन्तर परिमार्जन र सुधार गर्दै वल्र्डलिंकले हाल १२ सय ५० रुपैयाँमा मागो एप, सेफनेट एप, म्यानेज्ड वाईफाई र टाइम ब्याक जस्ता महत्वपूर्ण सेवा सहितको इन्टरनेटको नयाँ स्ट्याण्डर्ड नामक प्रोडक्ट उपलब्ध गराउँदै आएको छ । त्यस्तै इन्टरनेटको प्रयोग सम्बन्धी चेतना जगाउने उद्देश्यले हालसम्म वल्र्ड लिंकले ३९ वटा विद्यालयका २ हजार ३८ विद्यार्थीहरुलाई इन्टरनेटको प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने कार्य सम्पन्न गरेको वल्र्ड लिंकले बताएको छ ।
वल्र्ड लिंकले आगामी ४ महिनाभित्र करिब १० वटा ग्रामिण क्षेत्रमा इन्टरनेट पहुँच पु¥याउनुको साथै एक वर्षमा १० हजार सार्वजनिक स्थलहरुमा फ्रि हटस्पट सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x