×

NMB BANK
NIC ASIA

छाडा छोडिएका चौपायाबाट वार्षिक सात लाख आम्दानी

फागुन २८, २०७५

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

दाङ- दाङका विभिन्न बजार क्षेत्रमा छाडा रूपमा छोडिएका चौपायाको बिगबिगी बढिरहेको बेला तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका युवकहरू भने छाडा छोडिएका चौपाया संरक्षण अभियानमा जुटेका छन् ।  यहाँका ११ युवक मिलेर राष्ट्रिय गाई संरक्षण तथा संवद्र्धन संस्था स्थापना गरी दुई वर्षदेखि गाई तथा गोरु संरक्षणमा जुटेका हुन् । शुरुका दिनमा तुलसीपुर बजारमा छाडा छोडिएका २० गाई तथा बाच्छाबाट शुरु गरिएको सो संरक्षण अभियान अहिले गौशालामा परिणत भएको बताउनुहुन्छ, संस्थाका उपाध्यक्ष मीनराज सापकोटा । 

उहाँ भन्नुहुन्छ, “अहिले २०५ गाई र पाँच गोरु छन् । ती सबै यहाँका विभिन्न स्थानमा छाडा रूपमा भेटिएका हुन् ।” युवकहरूले गाई संरक्षणका लागि भन्दै स्थानीय एक व्यक्तिको चार बिघा जग्गा वार्षिक रु एक लाखमा भाडामा लिएका छन् । सोही ठाउँमा अहिले गौशाला बनाएर गाई संरक्षण गरिरहेका छन् । शुरुमा तुलसीपुर उपमहानगरपालिका–६ ले रु ५० हजार सहयोग गर्यो । त्यस्तै पशुसेवा कार्यालय तुलसीपुरले गाईलाई बस्नको लागि ट्रस निर्माण गरेर सहयोग गरेको युवकहरू बताउँछन् । 

युवकहरूले सोही जग्गामध्ये केहीमा गौशाला निर्माण गरेर गाईको संरक्षण गर्दै आएका छन् भने केही जग्गामा गाईलाई घाँस तथा पराल खुवाउन धान तथा गहुँ खेती पनि गरिरहेका छन् । केही समय पहिले पशु निर्देशनालय हरिहर भवन काठमाडाैंले झण्डै रु पाँच लाख अनुदान दियो । संस्थाका सचिव कमल बस्नेतका अनुसार सोही रकमबाट गाईलाई राख्न अहिले गौशाला भवन, दाना तथा पानी खुवाउन डुँड तथा ड्रम निर्माण गरिएको छ भने जग्गा संरक्षणका लागि तारबार गरिएको छ । 

“अहिले भने गाईको मल बिक्री र जग्गामा गरिएको अन्नबालीबाट वार्षिक रु छदेखि सात लाखसम्म आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “तर यो आम्दानी भने पर्याप्त छैन, किनकी सोही रकमबाट तीन जना गाई हेरालुलाई तलब खुवाउन, जग्गाको भाडा तिर्न र गाईलाई दाना तथा पराल खुवाउन पुग्दैन ।” 

सचिव बस्नेतले वैदेशिक रोजगारीका लागि पाँच वर्ष मलेशिया बसेर स्वदेश फर्किँदा छाडा चौपायाको समस्या देखेपछि अब विदेश जाँदिन, बरु गाई संरक्षणमा लाग्छु भन्ने सोच आएको बताउनुभयो । उहाँले त्यसपछि साथीभाइसँग सल्लाह गरी छाडा छोडिएका चौपायाको संरक्षणमा लागेको बताउनुभयो । 

“जिल्लाका विभिन्न ठाउँमा अहिले पनि गाईको दूध खाने अनि बजारमा ल्याएर छोड्ने प्रवृत्ति छ, त्यसलाई पूर्णरूपमा अन्त्य गर्ने र गाईको संरक्षण गर्ने भन्दै यो अभियानमा लागेको हूँ”, सचिव बस्नेतले भन्नुभयो । 

उहाँको गौशालामा मल खरीद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ रजौरा निवासी ४५ वर्षीय हरिप्रसाद अधिकारीले आफ्नै घर आँगनमा गाईको मल पाइने भएकाले किन्न आएको बताउनुभयो । यसपटक घरमा प्राङ्गारिक मल हालेर तरकारी खेती गर्ने सोच भएकाले मल किन्न आएको उहाँको भनाइ छ । 

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ३५ वर्षीया नोखी रावतले पनि आफू गौशालामा मल तथा गाईको गहुँत लिन आएको बताउनुभयो । उहाँले घरमा धार्मिक कार्य गर्न लागेकाले यहाँ पाइन्छ भन्ने थाहा पाएर आएको बताउनुभयो । 

संस्थाका अध्यक्ष प्रेमराज धितालले समाजमा धार्मिक तथा पितृ कार्यमा गाईको धेरै महत्व रहेको तर पछिल्ला वर्षमा धेरै ठाउँमा गाईलाई छाडा छोडिने गरेको देख्दा संरक्षणका लागि आफूहरुले यो अभियान शुरु गरेको बताउनुभयो । उहाँले बजार क्षेत्रबाट गौशाला करीब तीन किलोमिटरको दूरीमा रहेकाले दैनिक जसो गाई बजारमा भेटिने भएकाले दाना तथा पानी खुवाउन केही समस्या हुने गरेको बताउनुभयो । उपमहानगरपालिकाले गौशालाको लागि चरन क्षेत्र तथा खोला नजिकै पर्ने स्थानमा जग्गाको निःशुल्क व्यवस्था गरिदिए सजिलो हुने उहाँको भनाइ छ ।

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x