×

NMB BANK
NIC ASIA

महिला फुटबल खेलाडीले पाए जनही एक लाख, साफ च्याम्पियनसिप जिते थप पुरस्कार पाउने

फागुन २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– आजदेखि शुरु हुने साफ महिला च्याम्पियनसिपमा खेल्ने नेपाली महिला फुटबल टोलीका खेलाडीलाई जनही एक एक लाख रूपैयाँ वितरण गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक ओलम्पिक छनोट खेलमा भारत, बंगलादेश र म्यानमारसँग बराबरी खेलेर छनोटको दोस्रो चरणमा प्रवेश गराएकोले प्रति खेलाडी ५० हजार र हिरो कपमा विजेता बनेका कारण थप ५० हजार रूपैयाँ गरी एक लाख रूपैयाँका दरले पुरस्कार वितरण गरिएको एन्फा प्रवक्ता किरण राईले बताए ।

Muktinath Bank

खेलाडीहरूलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नगद हस्तान्तरण गरेका हुन् । यस्तै उनले साफ महिला च्याम्पियनसिपमा खेल्ने टोलीमा सहभागी मोरङका तीन खेलाडीहरू सरू लिम्बू (पथरी), मनमाया लिम्बू (लेटाङ) र कविता धिमाल (उर्लाबारी)लाई सद्भावना दुत नियुक्त गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेयर पराजुलीले नेपाली महिला फुटबल टीम जुनसुकै प्रतियोगीतामा पनि सक्षम रहेको दाबी गर्दै पुरुष टोलीसँग पनि भीड्न सक्ने बताए । विराटनगर महानगरपालिकाले छोरी बचाउ अभियान सञ्चालन गरिरहेको जानकारी दिँदै उनले नेपाली टोलीले च्याम्पियनसिप जितेमा महानगरले टोलीका सबै खेलाडीहरूलाई थप नगद पुरस्कार दिने घोषणासमेत गरे । 


Advertisment
Nabil box
Kumari

उक्त कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले महिला फुटबलमा नेपाली खेलाडीहरूले उल्लेखनीय प्रगति गरेको बताए । उनले यो प्रतियोगीता महिला फुटबल टोलीका लागि देशलाई अझ चिनाउनका लागि राम्रो अवसर भएको जानकारी दिए । अध्यक्ष शेर्पाले नेपाली महिला टोलीले उच्च मनोबलका साथ खेल प्रस्तुत गर्न सक्षम रहेको दाबी गरे ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x