×

NMB BANK
NIC ASIA

काठमाडौं मेडिकल कलेजमा इन्भेष्टमेण्ट बैंकको काउन्टर र एटीएम

फागुन २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा आफ्नो ११ औं एक्स्टेन्सन काउन्टर र १११ औं एटीएम एकसाथ खोलेको छ । 

Sagarmatha Cement
Muktinath Bank

काउन्टर र एटीएमको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र काठमाडौं मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. दामोदरप्रसाद पोखरेलले संयुक्त रुपमा उद्घाटन गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केएमसीमा जन्मने नवजात शिशुको खाता खोलिएमा निःशुल्क ५०० रुपैयाँ खातामा राखिदिने र खातामा बैंकले तोकेको न्यूनतम औसत मौज्दात जम्मा भएपछि जन्मदिनमा बैंकले केक उपहार दिने बताइएको छ । 


Advertisment
Nabil box
Kumari

काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्नेछ । मासिक लगभग ३० हजार बिरामीको उपचार हुने केएमसीमा मेडिकल साइन्सका विभिन्न संकायमा हजारभन्दा बढी विद्यार्थी अध्ययनरत  छन् भने हजारकै हाराहारीमा डाक्टर तथा कर्मचारी कार्यरत छन् ।

Vianet communication
Laxmi Bank

विगत लामो समयदेखि आफ्नो सेवा प्रदान गरिरहेको केएमसीसँगको नाता मजबुत बनाउने र आर्थिक कारोबारमा सहजता प्रदान गर्ने उद्देश्यले बैंकले सेवा विस्तार गरेको छ । 

बैंकले अहिले ७८ वटा शाखा कार्यालय, १० वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजस्व संकलन एक्सटेन्सन काउन्टर, ५१ वटा शाखारहित बैंकिङ सुविधा, १ सय ११ वटा एटिएम तथा ३ हजार ७ सय ८३ वटा पीओएस मेसिनबाट सेवा दिइरहेको छ । 

बैंक अफ द इयर ५ पटक प्राप्त गरिसकेको एनआईबीएलले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण यूरोमनी नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट यूरोमनी अवार्ड फर एक्सिलेन्स बेस्ट बैंक २०१८ अवार्ड प्राप्त गर्न सफल भएको छ भने यसैवर्ष इक्रा नेपालद्वारा प्रदान गरिँदै आएको क्रेडिट रेटिङमा ‘ए’बाट ‘ए प्लस’ ल्याई स्तरोनन्ति गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x