मदिराको नशामा १३ वर्षअघि दक्षिण अफ्रिकाका हिब्सले बनाएका थिए १७५ रन

फागुन २८, २०७५

एजेन्सी- दक्षिण अफ्रिकी क्रिकेट टोलीले आजको १३ वर्षअघि अर्थात् १२ मार्च २००६ मा एउटा इतिहास बनाएको थियो । जोहानिसबर्गको वांडरर्स स्टेडियममा दक्षिण अफ्रिकाले वान-डे इतिहासमा सबैभन्दा ठूलो लक्ष्य सफलातापूर्वक भेट्टाएको थियो । 

पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४३४ रन बनाएको थियो । जुन त्यसबेलाका सबैभन्दा ठूलो स्कोर थियो । त्यतिबेला कसैले पनि सोचेका थिएनन् कि अर्को टीमले लक्ष्य हासिल गर्छ भन्ने ।


ADVERTISEMENT

दक्षिण अफ्रिकाको उक्त जीतमा हर्शल गिब्स नायक बनेका थिए । उनले १११ बलमा १७५ रनको अविश्वसनीय पारी खेलेका थिए । मैदानमा रहँदा गिब्स मदिराको नशामा थिए । उनले मदिराको नशामा पनि उत्कृष्ट पारी खेलेका थिए ।

गिब्सले पनि त्यसबेला मदिराको नशामा खेलेको खुलासा गरेको छन् । गिब्सले अटोबायोग्राफी 'टु द पोइन्ट : द नो होल्ड्स बार्ड'मा आफूले अघिल्लो रात अत्याधिक मदिराको र म्याचभर ह्याङओभरमा रहेको बताएका छन् । 

पूर्वअष्ट्रेलियाली क्रिकेटर माइक हस्सीले पनि आफ्नो किताबमा यस घटनाबारे लेखेका छन् । उनले लेखेका छन्, 'गिब्स जब बिहान नास्ताका लागि आएका थिए, त्यसबेला पनि उनी नशामा देखिरहेको थिएँ ।'

त्यस म्याचमामा अष्ट्रेलियाका कप्तान रिकी पोन्टिङले १०५ बलमा १६४ रन बनाएका थिए ।

फागुन २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार