×

NMB BANK
NIC ASIA

सरकारी सुरक्षाकर्मी फिर्ता गरेर 'गुप्तबास'मा राउत: ढोकामा भित्रबाहिरै ताला, निजी सुरक्षा !

फागुन २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले सरकारले उपलब्ध गराएको निजी सुरक्षा गार्ड फिर्ता गरिदिएका छन् ।

Muktinath Bank

गत फागुन २६ गते जनकपुरधाम आइपुगेका राउतको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटाइएको दुई जना सुरक्षाकर्मीलाई राउतले आफ्नो घरमा प्रवेश गर्न नदिएको पाइएको छ । प्रहरी सहायक निरीक्षक मेरुलाल यादव र प्रहरी जवान अमित सिंहलाई सरकारले राउतको सुरक्षामा खटाएको थियो । तर राउतले दुवैलाई फिर्ता गरिदिएको खुलासा भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गत आइतवार राउतसँगै उनको निजी निवासमा ती सुरक्षागार्ड पनि प्रवेश गर्न खोजेका थिए,’ एक जना सुरक्षाकर्मीले लोकान्तरसँग भने, ‘तर तपाईंको सुरक्षाको हामीलाई अहिले आवश्यकता छैन भन्दै राउतले प्रवेश गर्न दिएनन् ।’ 


Advertisment
Nabil box
Kumari

‘राज्यले खटाएकाले सुरक्षा दिनु आफूहरूको दायित्व भएको भन्दै उनीहरू भित्र छिर्न निरन्तर प्रयास गरेका थिए, तर उनीहरूलाई रोकियो,’ ती सुरक्षाकर्मीले थपे ।

Vianet communication
Laxmi Bank

‘सुरक्षा नै दिनु छ भने घरबाहिर सुरक्षा प्रदान गर्नुस्,’ राउतको घरका निजी पाले तथा सहयोगी समेत रहेका एसएन मण्डल भनिने व्यक्तिले घरनजिकै रहेको मन्दिरतर्फ इंगित गर्दै भने, ‘त्यही मन्दिरमा बसेर बाहिरी सुरक्षा दिनुस्, घरभित्र सुरक्षाको आवश्यकता छैन ।’

सामान्यतया सरकारले खटाएका सुरक्षाकर्मी सुरक्षा थ्रेट भएको मानिससंगै बस्ने गर्छन् । तर राउतले उनीहरूलाई घरमा प्रवेश गर्न दिएनन् । सुरक्षाकर्मीले राउतको गतिविधिमाथि निगरानी गर्नसक्ने भयका कारण उनीहरूलाई प्रवेश नदिएको हुनसक्ने अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) शेखर खनाल भने त्यसो नभएको दाबी गर्छन् । ‘हामीले एकजना असई र एकजना प्रहरी जवानलाई उनको मुभमेन्ट तथा गतिविधि निगरानी गर्नका साथै सुरक्षा प्रदान गर्नका लागि खटाएको हो,’ एसपी खनालले लोकान्तरसँग भने, ‘पीएसओ नै भनेर त खटाएको होइन, तर सुरक्षा व्यवस्था मिलाउन र राउतमाथि निगरानी समेत राख्नका लागि खटाइएको हो ।’ 

ती दुवै जना सुरक्षाकर्मी राउतको घरमा नबसेको कुरा स्वीकार गर्दै एसपी खनालले थपे, ‘हामीले खटाएका सुरक्षाकर्मी राउतको घरनजिकै रहेको बलवा टोलस्थित प्रहरी चौकीमा बसिरहेका छन् ।’ त्यही चौकीबाट राउतमाथि निगरानी गरिएको उनले बताए । 

गत आइतवार राउत जनकपुरधामस्थित विमानस्थलमा आउँदा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल पनि विमानस्थलमै थिए । त्यहाँ उनकै सामुन्नेमा राउतका कार्यकर्ताले राष्ट्रिय अखण्डताविरुद्ध नारा लगाएका थिए । फ्री मधेशको झण्डासहित र्‍याली समेत निकालिएको थियो ।

मोटरसाइकलमा रहेका ट्राफिक प्रहरीले सडक बाटो क्लियरेन्स गर्दै अगाडि गइरहेका थिए भने बीच–बीचमा नेपाल प्रहरीको भ्यान समेत थियो । ४ बजे निकालिएको उक्त र्‍याली करीब २ घण्टासम्म जनकपुरधामको परिक्रमा गर्दै राउतको निवासमा पुगेर समापन भएको थियो ।

राउतलाई स्वागत गर्न कार्यकर्ताका अतिरिक्त गठबन्धनका केन्द्रीय सह–संयोजक कैलाश महतो, केन्द्रीय सदस्य चन्दन सिंह, सञ्जय यादव, सुदीप सिंह कुशवाहा, गैर–आवासीय मधेशी संघका सदस्य निर्मल मण्डल लगायत विमानस्थल पुगेका थिए ।

प्रहरी प्रशासनकै सामुन्ने अखण्डताविरुद्ध नाराबाजी, झण्डा, प्लेकार्ड र सुरक्षा दस्ता समेत प्रमुख जिल्ला अधिकारी कणेलले समेत देखेका थिए । तर उनले त्यसलाई नियन्त्रण गर्न कुनै प्रयास गरेनन्, उल्टै राउतलाई प्रहरी एस्कर्टिङ प्रदान गरिएको थियो । ‘खुला राजनीतिमा अवतरण भएपछि सुरक्षा प्रदान गर्नु हाम्रो दायित्व हो,’ प्रजिअ कणेलले भने, ‘उनलाई सम्मानपूर्वक सुरक्षा प्रदान गर्नु दायित्व भएकाले नै सुरक्षा दिएका हौं ।’

व्यक्तिगत सुरक्षा गार्ड देखिनु भने राम्रो नभएको उनले बताए । ‘उनीहरूसँग हतियार भने थिएन । मैले तत्कालै समन्वय गरेर त्यसो नगर्दा राम्रो हुन्छ, त्यसले नराम्रो सन्देश दिन्छ भनेकै थिएँ,’ कणेलले भने । राउतले नभने पनि लहलहैमा कार्यकर्ताहरूले नाराबाजी गरेको बुझेर आफूहरूले संयमता अपनाएको उनको जिकिर छ ।

राउतलाई सुरक्षा थ्रेटको अवस्थालाई आंकलन गर्दै उच्च र मध्यम तहको सुरक्षा प्रदान भइरहेको उनले बताए । राउतसँग भेटघाट नभए पनि सुरक्षा समन्वय उनीसँग भइरहेको र उनको गतिविधिबारे स्थानीय प्रशासनलाई जानकारी भइरहेको उनले दाबी गरे ।

राउत बस्दै आएको घरमा अहिले कुनै चहलपहल छैन । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बलबा टोलस्थित सूर्यनारायण यादवको घरमा उनी बस्दै आएका छन् । सप्तरी राजविराजका यादव विगत ४ वर्षदेखि दोहा कतारमा इञ्जिनियरिङ पेशामा कार्यरत रहेको बताइएको छ । तीनतल्ले घरमा राउत आफ्नो परिवारसँग बस्दै आएका छन् । घरमा ठूलो पर्खालमा तार सहितको छेकवार लगाइएको छ ।

घरमा चारैतर्फ सीसीटीभी क्यामेरा जडान गरिएको छ । उक्त घरको प्रवेशद्वारमा बाहिर–भित्रबाटै ताला लगाइएको छ । प्रत्येक ढोका र ग्रिलमा ताला लगाइएका छन् । तालैताला भित्र राउतको परिवार बसिरहेको छ ।

घर अर्कै व्यक्तिको नाममा भएपनि सो घर राउतकै भएको स्थानीय बताउँछन् । सो घर बन्ने बेलामा राउत आफैं सक्रिय थिए । राउतका तर्फबाट एनएस मण्डलले घर निर्माणको रेखदेख गरेका थिए । 

उनको घरमा पुग्दा उनका सहयोगी मण्डलको फोन नम्बरमा कुरा गरेर मात्रै भेटघाटको समय लिन ढोकामा सूचना टाँसिएको छ । मण्डलले भने, ‘अहिले डाक्टर साहेब आराम गर्न चाहनुभएको छ । केही दिनपछि उहाँले आफैं मिडियालाई बोलाएर कुरा गर्नुहुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x