मंसिर १८, २०८०
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
फागुन २८, २०७५
काठमाडौं – राष्ट्रिय अखण्डताविरुद्ध गतिविधि गरेपछि राज्य विरुद्धको अपराध मुद्दा खेपिरहेका सीके राउत र सरकारबीच भएको ११ बुँदे सहमतिको ५ नम्बर बुँदामा लेखिएको छ, ‘स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरूमाथि लगाइएको राज्य विरुद्धको अपराध लगायत सम्पूर्ण राजनीतिक मुद्दाहरू फिर्ता लिइनेछ र हिरासत वा कारागारमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई निःशर्त रिहा गरिने छ ।’
सरकारले गरेको सहमतिपछि सरकारीवादी मुद्दा फिर्ता लिने प्रक्रिया ‘नेपाल सरकारवादी भई चलाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने सम्बन्धी कार्यविधि २०७१’ अनुसार अगाडि बढ्छ । तर कार्यविधिअनुसार सीके राउत जोडिएको मुद्दा फिर्ता लिन सकिने अवस्था छैन ।
कार्यविधिको दफा ३ मा मुद्दा फिर्ता लिन नसकिने कसूरहरू उल्लेख गरिएको छ । दफा ३ को (ण) मा राज्य विरुद्धको अपराध र (द) मा संगठित अपराध उल्लेख गरिएको छ । ‘स्वतन्त्र मधेश गठबन्धन’का संयोजक सीके राउतमाथि जिल्ला अदालत रौतहटमा दुवै मुद्दा विचाराधीन छन् ।
जिल्ला सरकारी वकिल कार्यालय रौतहटका अनुसार सीके राउत भनिने चन्द्रकान्त राउतविरुद्ध २०७५ मंसिर १२ गते राज्य विरुद्धको अपराध र संगठित अपराध कसूरमा अभियोगपत्र दर्ता गरिएको छ । अभियोगपत्रमा सीके राउतबाट मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ४९ (१) विपरीतको कसूरजन्य कार्य भएकाले ऐनको ४९ (५) (क) बमोजिम सजाय माग गरिएको छ ।
राउतमाथि संगठित अपराध बनाई संगठित अपराध निवारण ऐन २०७० को दफा ३ (१), (२) र (३) (क) बमोजिमको कसूर गरेको अभियोग लगाउँदै दफा ९ को सजाय हुन समेत माग गरिएको छ । रौतहट जिल्ला अदालतसहित सीके राउतमाथि अन्य विभिन्न अदालतमा समेत राज्य विरुद्धको अपराध मुद्दा चलेका छन् । सरकारले गरेको सम्झौता अनुसार सबै मुद्दा फिर्ता लिनुपर्ने छ । तर कानूनी व्यवस्थाका कारण सरकारलाई राज्य विरुद्धको कसूर मुद्दा फिर्ता लिन सहज छैन ।
राज्य विरुद्धको अपराध मुद्दा सरकारले फिर्ता लिन नपाइने संवैधानिक कानूनका जानकार डा. भीमार्जुन आचार्यले बताए । ‘यी मुद्दा फिर्ता लिन पाइँदैन, देशद्रोहको मुद्दा फिर्ता लिने हो भने के बाँकी रहन्छ ?’ उनले भने, ‘सरकारसँग सम्झौता गरेपछि पनि उनले आफ्ना गतिविधिलाई निरन्तरता दिएका छन्, उनलाई कानूनको दायरामा ल्याउनुपर्छ ।’
सर्वाेच्च अदालतले तारेखमा राखेर मुद्दाको सुनुवाइ गर्नु भन्ने आदेश दिएपछि पनि राउतले नयाँ अपराध गरिरहेकाले सरकारले उनलाई छूट दिन नहुने आचार्यले बताए । सीके राउत थुनाबाट छुटेर जनकपुर विमानस्थलमा पुग्दा समर्थक कार्यकर्ताले ‘फ्री मधेश’ झण्डा प्रदर्शन गर्दै अखण्डता विरोधी नाराबाजी गरेका थिए ।
सरकारले एकतर्फी मुद्दा फिर्ता लिन नमिल्ने बताउँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा चलिरहेको सम्बन्धित अदालतको अनुमति लिएर सरकारले मुद्दा फिर्ता गर्न सक्ने बताए । ‘सरकारले मुद्दा फिर्ता गर्नुपर्ने औचित्य स्थापित गर्नुपर्यो । समाजलाई फाइदा हुन्छ कि घाटा हुन्छ भनेर छुट्याउनुपर्यो । अनि मात्रै प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।
मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सरकारवादी मुद्दा फिर्ता लिने व्यवस्था रहेको छ । सरकारले निर्णय गरेपछि सरकारी वकिल कार्यालय हुँदै अदालतसम्म प्रक्रिया पुग्ने व्यवस्था कार्यविधिमा रहेको छ ।
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...