विपिन र वर्षाको ‘जात्रै जात्रा’ वैशाख २७ मा

फागुन २८, २०७५

काठमाडौं- व्यवसायिक रुपमा सफल फिल्म ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’ले प्रदर्शन मिति तय गरेको छ ।

फिल्म आउँदो वर्ष २०७६ को बैशाख २७ गतेबाट प्रदर्शनमा आउने प्रस्तुतकर्ता रविन्द्र सिंह बानियाले जानकारी दिए । सुटिङ शुरु गर्दै गर्दा यही वर्षकै फागुन १७ गतेलाई प्रदर्शन मिति तोकिएको भएपनि अभिनेता विपिन कार्की मोटरसाइकल दुर्घटनामा परी घाइते भएपछि छायांकन प्रभावित भएको थियो । जसका कारण प्रदर्शन मिति केही पर साहिएको हो । 


ADVERTISEMENT

प्रदीप भट्टराई निर्देशित ‘जात्रै जात्रा’मा विपिनसँगै रविन्द्र सिंह वानिया, रविन्द्र झा, वर्षा राउत, दयाहाङ राई, प्रकाश घिमिरे लगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा यादव पौडेल र सिंगे लामाको लगानी छ ।

फिल्मको ‘मायाँ पिरिम...’बोलको गीत यही आइतबार रिलिज हुँदैछ । जुन गीतमा फिल्मका कलाकारसहित करिष्मा मानन्धर, निश्चल बस्नेत, सारा सिर्पालीलाई अतिथी कलाकारको रुपमा देख्न सकिनेछ ।

फागुन २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार