जापानमा भित्रियो चोरी नहुँदै चोर समात्ने प्रविधि

फागुन २८, २०७५

काठमाडौँ -जापानको 'भाक' कम्पनीले एउटा यस्तो सफ्टवेयर विकास गरेको छ जसले सुपरमार्केटभित्र चोरी गर्न जाने चोरहरूलाई पहिल्यै पत्ता लगाउँछ । 'भाक आर्टिफिसियल इन्टेलिजेन्स'ले सीसीटिभी क्यामेराको मदतले चोरी गर्न जानेहरूको व्यवहार अध्ययन गर्ने बताएको छ ।

कम्पनीका अनुसार उक्त सफ्टवेयरले मानिसको हाउभाउ अध्ययन गरेर फलानो चोर हो भन्दिन सक्छ । त्यस्ता मानिसहरूमाथि सफ्टवेयरले निगरानी राख्छ, जसको अस्वाभाविक हाउभाउ देखिन्छ ।


ADVERTISEMENT

'हुन त चोरी नहुँदै कसैलाई पनि पक्राउ गरिने कानून बनेको छैन,' कम्पनीका एक अधिकारी भन्छन्, 'तर हामीले बनाएको सफ्टवेयरले त्यहाँ बस्ने सुरक्षागार्डलाई पहिल्यै सूचना दिन सक्छ र सम्भावित चोरी हुनबाट बचाउन सकिन्छ ।'

 

फागुन २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार