×

NMB BANK
NIC ASIA

भीड हुने कार्यालयमा अख्तियारका कर्मचारी

फागुन २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीकैरुपमा आफ्ना अनुसन्धान अधिकृत परिचालन गर्नेक्रम शुरु गरेको छ । 

Muktinath Bank

आयोगले आयोजना गरेको तीन दिने पत्रकारिता तालीमको आज समापन गर्दै प्रमुख आयुक्त नविनकुमार घिमिरेले भने, “हरेक दुई दिनमा सेवाग्राहीकैरुपमा आयोगका कर्मचारी सेवाग्राही बढी हुने सरकारी कार्यालयमा परिचालित भएका छन् ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विशेष गरी यातायात व्यवस्था विभाग, नापी, मालपोत कार्यालय, नेपाल विद्युत् प्राधिकरण, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, विभिन्न सरकारी अस्पतालमा आयोगका अनुसन्धान अधिकृतलगायतका कर्मचारी परिचालित भएका छन् । सेवाग्राहीको चाप बढिरहेका कार्यालयमा विचौलिया र कर्मचारीको मिलेमतोमा भ्रष्टाचार र अनियमितता हुने गरेको भन्ने जानकारी अत्यधिकमात्रामा आएपछि आयोगले सेवा सुधार गर्दै कर्मचारीलाई सदाचारी बनाउन त्यसरी कर्मचारी परिचालन गरेको हो । 


Advertisment
Nabil box
Kumari

आयोगका कर्मचारी सेवाग्राहीका रुपमा त्यस्ता कार्यालयमा जाने र भ्रष्टाचार तथा अनियमितता नियन्त्रण गर्ने तथा घुस लिन खोज्नेलाई ठाउँको ठाउँ पक्राउ गर्ने अधिकारसमेत दिइएको छ । प्रमुख आयुक्त घिमिरेले आयोगका प्रदेश कार्यालयमा नागरिक निगरानी समूह गठनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । 

Vianet communication
Laxmi Bank

उनले भ्रष्टाचार र अनियमिता नियन्त्रणका लागि नागरिकस्तरबाटै सचेतना जरुरी रहेकामा जोड दिए । नागरिक, सञ्चारकर्मी, आयोगको संयुक्त प्रयासबाट मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सकिने भन्दै प्रमुख आयुक्त घिमिरेले सञ्चारकर्मीबाट थप सक्रिय भूमिकाको अपेक्षा राखेको बताए । 

आयोगले सञ्चारमाध्यमबाट पनि भ्रष्टाचारका विषयलाई समेत सूचनाको स्रोतका रुपमा प्रयोग गर्ने गरेको जानकारी दिँदै प्रमुख आयुक्त घिमिरेले नागरिकको चाहनाअनुसार भ्रष्टाचार नियन्त्रणमा लागिपर्ने विश्वाससमेत दिलाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x