पूर्वराजा ज्ञानेन्द्रको तराई भ्रमण आजदेखि

फाइल तस्वीर
फागुन २९, २०७५

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहको मध्यतराई भ्रमण पुनः बुधबारदेखि शुरु हुँदैछ । पूर्वमुमा बडामहारानी रत्न शाह अस्वस्थ भएर अस्पताल भर्ना भएपछि स्थगित भएको पूर्वराजा ज्ञानेन्द्रको मध्यतराई भ्रमण आजदेखि पुनः शुरु हुन लागेको हो । 

पूर्व मुमाबडामहारानीको स्वास्थ्यमा सुधार आएपछि ज्ञानेन्द्रको नयाँ भ्रमण तालिका बनाइएको हो । उनले धुनषाबाट भ्रमण शुरु गर्नेछन् । भ्रमणको क्रममा पूर्वराजा शाहले विभिन्न देवालय, मन्दिर तथा शक्तिपीठहरुमा पूजा अर्चना गर्ने कार्यक्रम तय भएको छ ।


ADVERTISEMENT

बिहीबार उनले सर्लाहीको मलङ्गवामा रहेको दुर्गा मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम छ । चैत १ गते जानकी मन्दिरमा पूजापाठ गर्नेछन् । चैत २ गते उदयपुरको गाइघाटमा राधाकृष्ण मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम छ भने ३ गते सप्तरीको सखडा भगवतीको दर्शन गरी झापा जाने कार्यक्रम रहेको छ ।
 

फागुन २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस