महिला साफ च्याम्पियनसिप : पार्किङमा मनोमानी, बाइक राखेकै ४० रुपैयाँ

फागुन २९, २०७५

विराटनगर- विराटनगरमा जारी पत्रकार विनोद भण्डारी महिला साफ च्याम्पियनसिपको उद्घाटनको रिपोर्टिङ गर्न विराटगरको शहीद रंगशालामा गए । स्वभाविक सार्क स्तरीय महिला साफ च्याम्पियनसिप भएकाले पनि  त्यो सबैको चासोको विषय थियो । भण्डारी आफ्नो मोटरसाइकल पार्किङको खोजीमा थिए । शहीद रंगशालाको पश्चिमपट्टी रहेको आदर्श माध्यामिक विद्यालयमा पार्किङको व्यवस्थापन गरिएको रहेछ । आदर्श माध्यामिक विद्यालयको मुख्य गेटमा पार्किङ बोर्ड राखिएको थियो । भण्डारीले पनि भित्रै लगेर राखे । उनले पार्किङमा राखेको पार्किङ शुल्क ४० रुपैयाँ तिर्नु पर्‍यो । समाचार संकलन त्यो पनि सार्क स्तरिय कार्यक्रमको रिपोर्टिङमा गएका पत्रकारले नै ४० रुपैयाँ तिर्नु परेपछि धेरै उनी छक्क परे  । भने, ‘होइन, आयोजकले गर्न खोजेको चै के हो ?’

नेपाल सरकार, नेपाल फुटबल संघ एन्फा, प्रदेश १ सरकार, राष्ट्रिय खेलकुद परिषद, विराटनगर महानगरपालिकालगायतका सबै कुरा शक्ति अहिले विराटनगरमा छ । लगानी पनि त्यही अनुपातमा गरिएको छ । तर पार्किङको नाममा रकम अशुल्ने काम प्रतियोगिताको पहिलो दिनको खेलबाट शुरू भएको छ । बाइक पार्किङकै ४० रुपैयाँ लिएपछि दर्शकहरू अन्योलमा परेका छन् । 


ADVERTISEMENT

पार्किङको नाममा मनपरी रकम असुली भएको भन्दै सामाजिक सञ्जालमा पनि आलोचना शुरू भएको छ । कान्तिपुर टेलिभिजनका पत्रकार महाप्रसाद खतिवडाले आफ्नो फेसबुक पेजमा नै रसिदको अर्धकट्टी सार्वजनिक गर्दै लेखेका छन्, ‘अठनिका मुर्गी बाह्र आनाका मसला, खेल हेरेको टिकट दुई सय रुपैयाँ, पार्किङ साइकलकै तीस रुपैयाँ ।’ 

अहिले पार्किङ शुल्कको रूपमा आयोजकले मोटरसाइकलको ४०, साइकलको ३०, कारको १००, टेम्पोको ७० र सिटी रिक्साको ५० रुपैयाँ लिएको छ । पार्किङको नाममा मनपरी रकम असुल भएको भन्दै खेल हेर्न जाने दर्शक मात्र हैन त्यहाँ खेलको रिपोर्टिङ गर्न जाने पत्रकारले पनि असन्तुष्टि व्यक्त गरेका छन् । 

पार्किङ बोर्डमै त्रुटी

पार्किङको नाममा मनपरी रकम असुली भएको भन्दै असन्तुष्टि व्यक्त भइरहँदा पार्किङ लेखिएको बोर्डमा समेत त्रुटी देखिएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताको पार्किङ बोर्डमा विराट गोल्डकप पार्किङ स्थल भनेर लेखिएको छ । यस बारेमा आयोजक नेपाल फुटबल संघ एन्फाले कुनै प्रतिक्रिया जनाएको छैन । तर काठमाडौंको भन्दा सस्तो भएको दाबी गरेको छ ।

फागुन २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार