×

NMB BANK
NIC ASIA

६० मेगावाट क्षमताको त्रिशूली थ्री ‘ए’ अन्तिम चरणमा

फागुन २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बेत्रावती- रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

Muktinath Bank

आगामी असारभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाको समग्र काम हाल ९० प्रतिशत पूरा भएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए । उनका अनुसार आयोजनाको सिभिलतर्फ ९८ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ७५ प्रतिशत र हाइड्रोमेकानिकलतर्फ ८८ प्रतिशत एवं प्रसारण लाइन विस्तारको कार्य ९५ प्रतिशत काम पूरा भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'आयोजना बनाउन निर्माण व्यवसायीलाई दिइएको समय सीमाभित्र कार्य सम्पन्न गराउन सहजीकरण र दबाब कायम राखेका छौं,' उनले भने, '३०–३० मेगावाट क्षमताका दुईमध्ये एउटा टर्बाइन वैशाखभित्र र दोस्रो असारभित्रै सञ्चालन गरी बिजुली उत्पादन गर्न सक्ने अवस्थामा पुग्न लागेका छौं ।'


Advertisment
Nabil box
Kumari

आयोजनाको मुख्य संरचना हेडवक्र्स (बाँध), सुरुङ तथा विद्युत् गृहको परीक्षण आगामी चैत १ देखि शुरू गर्न लागिएको आयोजनाका उपप्रबन्धक इञ्जिनीयर सत्यराम ज्याख्वाले जानकारी दिए । वैशाख १५ सम्म परीक्षण समयअवधी लाग्ने र त्यसलगत्तै विद्युत् उत्पादन शुरु गर्ने गरी निर्माणलाई तीव्र बनाइएको छ । 

Vianet communication
Laxmi Bank

'आयोजनाबाट ३० मेगावाट विद्युत् विसं २०७६ वैशाख १७ गतेबाट उत्पादन शुरू गर्ने लक्ष्य छ,' उनले भने, 'विभिन्न माग राख्दै स्थानीयवासीको अवरोध र क्षमता वृद्धि सम्बन्धमा पटक–पटक काममा अवरोध व्यहोरेको यस आयोजनामा विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीको थप प्रभावका कारण ढिलो गरेर निर्माण सम्पन्न नजिक पुगेको हो ।' 

आयोजनाको पछिल्लो प्रगतिको सम्बन्धमा चासो राख्न दुई साता अघि आयोजनास्थल मनकामनास्थित सिम्ले पुगेका उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तोकिएको समयमा काम सक्न निर्देशन दिएपछि जारी रहेको निर्माण कार्यलाई थप तिव्र बनाएर तोकिएको समयमा विद्युत् उत्पादनको तयारी थालिएको छ । 

उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म जडानको लागि त्रिशूली–काठमाडौं २२० केभी ‘डलब सर्किट’ प्रसारण लाइन निर्माणको समन्वयन र व्यवस्थापनको जिम्मेवारी थ्री ‘ए’ मार्फत भइरहेको छ । 

उक्त कार्य हाल ९५ प्रतिशत पूरा भइसकेको छ । सो आयोजनाको निर्माण चाइना गेजुवा गु्रप अफ कम्पनी (सिजिजिसी)ले गरिरहेको छ । उक्त कम्पनीले सन् २०११ जुनदेखि काम शुरू गरेको हो । निर्माणको लागि सो कम्पनीसँग इञ्जिनियरिङ, प्रोक्युरमेन्ट एवं कन्स्ट्रक्सन (इपिसी) अवधारणामा सम्झौता भएको हो । 

विसं २०७२ वैशाख १२ को विनासकारी भूकम्पले धेरै क्षति पुर्‍याएको यस आयोजनाको मुख्य संरचना निर्माणमा निर्माण व्यवसायीलाई हालसम्म कुनै ‘भेरिएशन’ दिइएको छैन ।

भूकम्पले आयोजनाको बाँधस्थलसम्म पुग्ने पहुँच मार्गमा पुर्‍याएको ठूलो क्षतिको पुनःनिर्माण र त्यहाँ दीर्घकालीन रूपमा पहिरो रोकथामसम्बन्धी कार्यको लागि भने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाली सेनाबाट काम भइरहेको छ । 

त्रिशूली नदीको पानीबाट ‘रन अफ रिफर’ मोडलमा निर्माण भएको यस आयोजनाबाट वार्षिक ४८९.७६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने लक्ष्य छ । आयोजना पूर्ण रूपमा सञ्चालन आए पश्चात यहाँबाट उत्पादन हुने विद्युत्बाट वार्षिक करीब रु तीन अर्ब आम्दानी गर्दछ । 

त्रिशूली नदीस्थित रसुवाको डाँडागाउँमा बाँध बनाएर नुवाकोटको मनकामनामा उत्पादन गृह रहेको आयोजनाको निमार्ण सबै भूमिगत (पहाडभित्र) बनाइएको छ । आयोजनाबाट साढे आठ महिना पूर्ण रूपमा (६० मेगावाट) विद्युत् उत्पादन हुनेछ । कुल उत्पादनको ४६.६ प्रतिशत विद्युत् सुख्खायाममा उत्पादन हुने भएकाले मुलुकको लागि आवश्यक विद्युत् परिपूर्ति गर्न यस आयोजनालाई महत्वका रूपमा हेरिएको आयोजनाका उपप्रबन्धक ज्याख्वाले जानकारी दिए ।  

उनका अनुसार सो आयोजना सम्पन्न पश्चात सहायक योजना (क्यासकेड) मार्फत ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजना सञ्चालनमा ल्याउन निर्माण कार्य अघि बढाइएको छ । थ्री ‘बी’लाई तीन वर्षभित्र पूरा गर्नेगरी गत वर्षको फागुनबाट निर्माण थालिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x