माघ १, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
काठमाडौं– सरकारले चैत १ गते अर्थात् १५ मार्चलाई अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवसको रूपमा मनाउँदै आएको छ ।
विगतका वर्षहरूदेखि नै मार्च १५ लाई अन्तर्राष्ट्रिय उपभोक्ता दिवसको रूपमा मनाउँदै आएको सरकारले यस वर्ष ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार : हामी सबैको सरोकार’ भन्ने नाराका साथ मनाउन लागिएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलवारदेखि नै उपभोक्ता अधिकार दिवस शुरू गरिएको र चैत १ गते औपचारिक कार्यक्रम गर्दै उपभोक्ता अधिकार दिवस मनाउन लागेको जानकारी गराएको हो ।
विभागका महानिर्देशक योगेन्द्र गौचनले उपभोक्तामा जनचेतना फैलाउने विभिन्न कार्यक्रमहरू गरेर मंगलवारदेखि नै उपभोक्ता अधिकार दिवस मनाउन थालिएको र आगामी शुक्रवार औपचारिक कार्यक्रम गरेर दिवस मनाइने बताए ।
अनुगमन घट्दो
सरकारले अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस मनाउने तयारी गरेपनि पछिल्लो समय बजार अनुमगन भने ओरोलो लागेको छ । वस्तुको गुणस्तर तथा मूल्यमा उपभोक्ता नठगिउन् भन्ने उद्येश्यले बजार अनुगमनको मुख्य जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्दै आएको बजार अनुमगन पछिल्लो समय न्यून मात्रामा हुने गरेको छ ।
विभागको तथ्याङ्कअनुसार विभागले गर्दै आएको बजार अनुगमन पछिल्लो समय ओरालो लागेको छ । गत मंसिरयताको तथ्याङ्कले बजार अनुगमन निरन्तर ओरालो लागेको देखिएको छ । मंसिरमा विभागबाट कुल अनुगमन २ सय ६३ वटा व्यावसायिक फर्ममा भएको थियो । फागुन महिनामा विभागबाट ३४ वटा फर्ममा मात्रै अनगमन भएको विभागको तथ्याङ्क रहेको छ ।
पुस महिनामा १ सय ९६ र माघ महिनामा कुल ५९ वटा व्यवसायिक फर्ममा अनुमगन भएको विभागको तथ्याङ्क छ ।
विभागका महानिर्देशक योगेन्द्र गौचनले जनशक्तिको अभावमा बजार अनुमगन बढि हुन नसकेको स्वीकार गरे । ‘जनशक्ति थोरै छ,’ उनले भने, ‘उपभोक्ताको चाहनाअनुसार नभएको पनि हुन सक्छ । तर, अनुमगन भइरहेकै छ ।’
उपभोक्ता अधिकारकर्मीहरूले सरकारले मनाउन लागेको उपभोक्ता दिवस नाम मात्रको भएको प्रतिक्रिया दिएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले सरकारले मनाउन लागेको उपभोक्ता अधिकार दिवस नाम मात्रको भएको बताए ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...