×

NMB BANK
NIC ASIA

चेकमार्फत बुझे राउटेले तलब, भन्छन्- कागजको पनि काम हुने रहेछ

फागुन २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- लोपोन्मुख राउटे समुदायका पाँच जना राउटेले बुधवार तलब बुझेका छन् । राउटे बालबालिकामा कुपोषण बढ्दै गएको बताउँदै सामाजिक सेवा केन्द्र सोसेकले उनीहरूलाई खानपान व्यवस्थापन गर्न भन्दै नियुक्ति गरेको थियो । उनीहरू नियुक्त भएको एक महिना पुगेको छ ।

Muktinath Bank

राउटेका महामुखिया महिन बहादुर शाहीले चेक बुझेर पहिलो पटक बैंकबाट पैसा लिएको बताए । ‘यो कागज (चेक)को पनि काम हुने रहेछ ।’ उनले भने, ‘आज त मज्जा आइगो । बैंकले मलाई दुई हजार रुपैयाँ दियो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्का राउटे मुखिया सुर्यनारायण शाही पनि प्रफुल्ल थिए । ‘यसअघि हामीले केही पनि काम गरेका थिएनौं,’ उनले भने, ‘अब हामी काम गर्न शुरू गर्छौं ।’


Advertisment
Nabil box
Kumari

एईआएन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित राउटे परियोजनाबाट उनीहरूलाई रोजगारी प्रदान गरिएको थियो । समुदायका महामुखिया महिनबहादुर शाही, मुखियाहरू सुर्यनारायण शाही, दिलबहादुर शाही र वीरबहादुर शाही तथा राउटे युवा प्रकाश शाहीलाई जागिर दिइएको थियो ।

Vianet communication
Laxmi Bank

के गर्छन् राउटेले ?

राउटे सामाजिक कार्यकर्ताहरूको विभिन्न जिम्मेवारीहरू तोकिएको छ । उनीहरूले समुदायमा बालबालिकालाई औषधि खुवाउन र व्यक्तिगत सरसफाईमा लाग्न उत्प्रेरित गराउनेछन् । समुदायमा राउटे परियोजनामार्फत् यस अघिदेखि नै तीन जना कर्मचारी कार्यरत छन् । परियोजनामार्फत खटिएका कर्मचारीहरूलाई बाल क्लव, महिला समूह र युवा समूह गठन गर्न सहयोग तथा सहजीकरण गर्ने, जोखिम तथा कुपोषित राउटे बालबालिकालाई पोषणयुक्त लिटो खुवाउन सहयोग गर्ने सोसेकका अध्यक्ष हीरासिंह थापाले जानकारी दिए । 

थापाका अनुसार राउटे नागरिक बिरामी परेका र चोटपटक लागेका राउटे समुदायलाई उपचार गर्न सहयोग तथा सहजीकरण गर्ने, राउटे समुदाय बसेको सामुदायिक वन संरक्षणको लागि सकेसम्म थोरै क्षति हुने गरी आफ्नो सिपको प्रयोग गरि सामाग्री निर्माण गर्न सहजीकरण गर्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x