सहायक वन अधिकृत ३० हजार घुस सहित अख्तियारको फन्दामा

फागुन २९, २०७५

धनगढी- अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले बुधवार एक जना वन अधिकृतलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

धनगढीस्थित सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भरत शाहलाई सेवाग्राहीबाट ३० हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर बिष्टका अनुसार सहायक वन अधिकृत शाहले काठ सम्बन्धी मुद्धामा थुनामा परेका एक जनाको फाइललाई सहज बनाई दिने भन्दै घुस मागेका थिए ।


ADVERTISEMENT

सोही क्रममा बिचौलिया पुष्प जोशीमार्फत घुस लिइरहेको अवस्थामा नियन्त्रण लिएको अख्तियारका सूचना अधिकारी बिष्टले जानकारी दिए । नियन्त्रणमा रहेका शाहलाई थप अनुसन्धानको लागि अख्तियारको मुख्यालयमा पठाइने र घुस सम्बन्धी मुद्धा चलाइने जनाइएको छ ।

फागुन २९, २०७५ मा प्रकाशित

लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि प्रदेश नम्बर ७ का प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार