हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सरकारको निर्देशन

फागुन ३०, २०७५

काठमाडाैं- सरकारले चन्द समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै सुरक्षा सतर्कता वढाइएको छ । सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । 

स्रोतका अनुसार आन्तरिक विज्ञप्तीमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ । चन्द समूहका कार्यकर्ता हतियारसहित हिँडेको फेला परे घुँडामुनी गोली हान्नेसम्मको निर्देशन छ,’ एक प्रमुख जिल्ला अधिकारीले भने । 


ADVERTISEMENT

विना हतियार हिँडेको तर नेतृत्वमा रहेको कार्यकर्तालई जहाँ भेटे पनि पक्राउ गर्न र सामान्य कार्यकर्तामाथि पनि उच्च निगरानी राख्न सरकारले निर्देशन दिएको छ । सुरक्षाकर्मीलाई आफ्नो ज्यान, हतियार र युनिटको सुरक्षा रणनीतिसहित सतर्क रहन भनिएको छ ।, कान्तिपुरमा खबर छ । 
 

फागुन ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार