चार गुणा कर बढाए जनप्रतिनिधिलाई गाडी

फागुन ३०, २०७५

उदयपुर- स्थानीय तहको निर्वाचनपछि  जनप्रतिनिधिमा गाडीमोह देखिएको छ । चार गुणासम्म कर बढाएका उदयपुरका आठवटा  स्थानीय तहले ९३ वटा मोटरसाइकल र सातवटा विभिन्न ब्रान्डका गाडी किनेका छन् ।

सवारी खरिदमा तिनले ५ करोड ९४ लाख खर्च गरेका छन् । नगरपालिका तथा गाउँपालिका प्रमुखका लागि गाडी र वडाध्यक्षका लागि मोटरसाइकल किन्ने चलन चलेको छ । जिल्लामा सवारीसाधनको दैनिक खर्च नै औसतमा एक लाखको हाराहारीमा हुने गरेको छ ।, नयाँ पत्रिकामा खबर छ ।


ADVERTISEMENT

फागुन ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार