विप्लव कार्यकर्ता खोज्दै प्रहरी

फागुन ३०, २०७५

धरान– सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएलगत्तै प्रदेश १ प्रहरीले विशेष टोली परिचालन गरेको छ । प्रदेशका १४ जिल्लाभर नेपाल प्रहरी र सशस्त्र प्रहरीका विशेष टोली परिचालन गरिएको छ । 

विप्लवका कार्यकर्तासँग भएका हतियार बरामद गर्न सबै जिल्लामा २४ घण्टे सर्च अभियानमार्फत नेपाल प्रहरी र सशस्त्र प्रहरीका छुट्टाछुट्टै टोली परिचालन गरिएको छ । सेनाले समेत दैनिक गस्ती बढाएको छ ।, अन्नपूर्ण पोस्टमा खबर छ । 
 


ADVERTISEMENT

फागुन ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार