×

NMB BANK
NIC ASIA

जनकपुर– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका लागि वार्ताको ढोका खुला रहेको सरकारले जनाएको छ । जनकपुरमा बिहीबार भएको पत्रकार सम्मेलनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले वार्ताको ढोका बन्द नगरेको स्पष्ट पारे । 

Muktinath Bank

सरकारले उच्चस्तरीय वार्ता समिति बनाए पटकपटक वार्ताका लागि आह्वान गर्दा पनि विप्लव समूहले वार्ता गर्न नचाहेको उनले बताए । मन्त्री पण्डितले वार्ताका लागि पटकपटक पत्र काटे पनि उनहरू नआएको बताए । उनले भने, ‘म वार्ता पनि आउदिन, आफ्नो कुरा पनि राख्दिन, संविधान पनि मान्दिन भन्ने छुट कसैलाई छैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूलाई राजनीतिक पार्टी भन्ने तर, गतिविधि भने संविधान, लोकतन्त्र र कानूनविरित गर्नेलाई सरकारले नियन्त्रण गर्ने उनले बताए । तर, सरकारले वार्ताका लागि ढोका खुला राखेको उनको भनाइ छ । तराईमा भूमिगत रहेका अन्य समूहलाई पनि सरकारले वार्ताको लागि आह्वान गरेको तर उनीहरु वार्तामा आउन नचाहेका कारण सरकारले नियन्त्रणमा  लिने मन्त्री पण्डितले स्पष्ट पारे ।


Advertisment
Nabil box
Kumari

सीके राउतलाई कुनै पद दिइएको छैन
मन्त्री पण्डितले सीके राउतलाई कुनै पद दिएर सरकारले सम्झौता नगरेको स्पष्ट पारे । उनलाई राष्ट्रिय सभाको सदस्य बनाउने हल्ला चलिरहेका बेला मन्त्री पण्डितले यस्तो बताएका हुन् । उनले देशको अखण्डता र संविधानलाई मानेर सम्झौता गरेको स्पष्ट पारे । मन्त्री पण्डितले जनमत संग्रहका लागि सम्झौता नभएको बताए । उनले भने, राउतले संविधान मान्ने र चुनावमार्फत राजनीतिक मुलधारमा आउने प्रतिबद्धता जनाएका हुन् । अब राउतले जनकपुरमा गरेको गतिविधि फेरि दोहोराए भने सरकारले नियन्त्रण गर्छ ।’

Vianet communication
Laxmi Bank

मन्त्री पण्डितले देशमा राजनीतिक समस्या समाधान भएको दाबी गरे । अब देश समृद्धिको दिशामा अघि बढेको उनको भनाइ छ ।  

कर्मचारी समायोजन
मन्त्री पण्डितले कर्मचारी समायोजनको प्रक्रिया जारी रहेको जानकारी गराए । १ लाख  ४० हजारको दरबन्दी रहेकोमा ३२ लाख कर्मचारी अझै अपुग रहेको उनले बताए । ६० हजार कर्मचारी समायोजन भइसकेको उनले बताए । मन्त्री पण्डितले स्वास्थ्य सेवा बाहेका अन्य क्षेत्रमा कर्मचारी समायोजन सकिएको जानकारी गराए । यो प्रक्रिया १५ दिनभित्रमा सकिने उनको भनाइछ ।

उनले असारसम्म सबै समस्या समाधान हुने बताए । लोकसेवा आयोगले चैत्र दोस्रो सातासम्ममा आवेदन खुला गर्ने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x